१४ वैशाख २०८३ सोमबार
image/svg+xml

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ।

उदयपुरमा पहिलो दिन शान्तिपूर्ण कक्षा १२ को परीक्षा

सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षा उदयपुरमा पहिलो दिन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

हालसम्म ४५० ‘सुकुम्बासी’ को आफ्नै जग्गा भेटियो

राजधानीका विभिन्न नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी ‘सुकुम्बासी’ का रूपमा बसोबास गरिरहेका सयौं परिवारको आफ्नै नाममा जग्गा रहेको फेला परेको छ।

मनोहरा क्षेत्रका सबै घरटहरा भत्काइयो

भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ।

बेङ्गलुरुको घातक बलिङसामु निरीह दिल्ली : ८ रनमै ६ विकेट पतन

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का तीव्र गतिका बलरसामु दिल्ली क्यापिटल्सको ब्याटिङ धराशायी बनेको छ।

सुकुम्बासी बस्ती खाली गर्न लागिएको विरुद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

राजस्थानमा युवकको हत्या : परिवार र आक्रोशित गाउँलेले जलाए ३० घर

भारतको राजस्थानको बांसवाडा जिल्लाको एक गाउँमा आइतबार एक युवकको हत्यापछि तनाव बढेको छ।

बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’

सरकारले देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्ने भएको छ।

पर्सामा २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ।

असिना-पानीले क्षतिग्रस्त बालीको अनुगमन

शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्‍याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ।

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो। घटनामा अन्य २५ जना घाइते भएका छन्।

डिजिटल रूपान्तरण परियोजनाका लागि एडिबीसँग ऋण सम्झौता

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन्।

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ।

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्