२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको  छ।

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।

करेन्ट लागेर युवकको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित सैनिक प्रतिष्ठान खरिपाटी ब्यारेकमा करेन्ट लागेर एकजना युुवकको मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८ सय जनाको मृत्यु

फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ।

भारतमा दुई नेपालीको मृत्यु, आज शव नेपाल आइपुग्ने

भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ।

अछाममा चट्याङ लागेर एकको ज्यान गयो

अछामको साफेबगर नगरपालिका ११ देबिस्थानमा एक जनाको चट्याङले लागेर सोमबार ज्यान गएको छ। साफेबगर नगरपालिका ११ भिर्कु टोलमा घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाँदै गर्दा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो।

चट्याङ लागेर किशोरीको मृत्यु, एक घाइते

उदयपुरमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर आइतबार दिउँसो घरमै बसिरहेका त्रियुगा नगरपालिका १५ खाँबुकी १३ वर्षीया निर्मला मगरको मृत्यु भएको हो। २९ वर्षीय पूर्णबहादुर मगर घाइते भएका छन्।

जात्रा हेर्न गएका युवा मृत अवस्थामा भेटिए

नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन्। तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय  विजय कट्टेल मृत अवस्थामा भेटिएका हुन्।

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार सवारी दुर्घटनामा पुरुषको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते छिन् ।

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती विस्फोट, ६३ जनाको मृत्यु, सयौं घाइते

युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ।

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो।

स्वाइनफ्ल्यु मृत्यु हुनेको संख्या ९६ पुग्यो

म्यानमारमा स्वाइनफ्ल्युबाट मृत्यु हुनेको संख्या शनिबारसम्ममा ९६ पुगेको छ।स्वास्थ्य तथा खेलकुद मन्त्रालयका अधिकारीहरुले सिन्ह्वालाई शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्ल्युबाट मृत्यु हुनेको संख्या ९६ पुगेको हो। गत जनवरी १ देखि यही अगस्ट १६ सम्ममा स्वाइनफ्ल्युको संक्रमण ४ सय ६३ जनामा भेटिएको पुष्टि भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्