२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुनसरीमा डेंगुः तीन हजार २६६ बिरामी, एक जनाको मृत्यु

तीन महिनाको अवधिमा सुनसरीमा डेंगुका बिरामीको संख्या तीन हजार २६६ जना पुगेको छ। जसमा सबैभन्दा बढी धरान क्षेत्रमा मात्र तीन हजार १७३ जना बिरामी पुुगेका छन्। एक जनाको डेंगुले गर्दा मृत्यु भएको छ।

१८० सवारी दुर्घटना, ६४ को मृत्यु

जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांकअनुसार दुर्घटना भएको सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटना र मृतकको संख्या अत्यधिक हुनुमा चालकको लापरबाही, नियमकानुन मिचेर सवारी गुडाउनु प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ।

चीनमा पहिरोमा परी १७ मजदुर बेपत्ता

दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ।

गोसाइँकुण्ड गएका तीर्थयात्रीको लेक लागेर मृत्यु

गोसाइँकुण्डस्थित एक होटलमा बसेका उनलाई राति गाह्रो भएपछि स्वास्थ्यकर्मीले जाँच गरेका थिए। जाँच गर्ने क्रममा नै उनको निधन भएको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाँदा ज्यान गयो

जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ।

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।

हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन्।

नगर अधिकृतको गाडीले भारतीय नागरिकको मृत्यु

बौधीमाई नगरपालिकाले सवारीसाधन खरिद नगरीकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्बरको जिप भाडामा उपलब्ध गराएको बुझिएको छ।

नगर अधिकृतको गाडीले एक भारतीयको मृत्यु

एक नगर अधिकृतको गाडीले ठक्कर दिएपछि एक भारतीय नागरिकको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो।

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्