९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ।

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

घोराही उपमहानगरपालिका– १७ डवरीका महिलारुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन्। जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन्। समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन्।

बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल

जिल्लाका विभिन्न जंगलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बेच्न थालिएको छ।

आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुपैयाँ कमाए। उनका लागि त्यो ९ हजार रुपैयाँ राम्रो आम्दानी हो।

आम्दानीको स्रोत बन्दै जुम्ली काठे ओखर

घरमा ल्याएको ओखर पनि पानीमा पकाएर भित्रको गुदीबाट तेल निकाल्ने गरिन्थ्यो। तर दुख धेरै, तेल कम आउने भएपछि किसान ओखर खेतीमा चासो दिदैनथे। अहिले गाउँमा ओखर प्रशोधन केन्द्र स्थापना गरेर तेल निकाल्ने मेसिन राखेपछि काठे ओखरको खेतीमा किसान आकर्षित हुन थालेका हुन्।

आम्दानीको स्रोत बन्दै च्याउ खेती

धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुई वटा टनेलमा च्याउखेती गरेका छन्। तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती सुरु गरेको राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्