७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल

जिल्लाका विभिन्न जंगलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बेच्न थालिएको छ। जंगलमा पाकेका काफल टिपेर स्थानीयवासीले बेच्न राजमार्ग तथा बजार लैजाने गरेका छन्। काफल टिपेर बेच्न थालेपछि उनीहरूको आम्दानीको स्रोत गतिलो बन्दै गएको छ।

भीमदत्त राजमार्गका विभिन्न खण्डमा अहिले काफल बेच्नेको लाम लाग्ने गरेको छ। उनीहरूले काफल प्रतिकिलो रु २०० सम्ममा बेच्ने गरेका छन्। स्थानीयले खेतीपातीको काम छाडेर जंगलमा काफल टिप्न थालेको भक्तबहादुर लामाले बताए।

स्कुले बालबालिकाका लागि काफल आम्दानीको गतिलो माध्यम बनेको छ। आयस्रोत कमजोर भएका बालबालिकाले काफल बेची खर्चको जोहो गर्न थालेका छन्। काफल बेच्दै गरेका रमेश विकले भने,‘स्कुलमा बिदा छ।अब भर्ना गर्न पैसाको जोहो गर्दै छु।’

राजमार्ग, प्रमुख व्यापारी केन्द्र दिपायल, सिलगढी, गैरा, बुडर, सहजपुर, धारापानी, मेलखोला लगायत ठाउँमा अहिले काफल बेच्ने थुप्रै भेटिन्छन्। स्कुले बालबालिका डालामा काफल राखेर प्रतिगिलास रु १५ देखि रु २० मा बेचिरहेका छन्। काफल बिक्री गर्न स्थानीयवासी कैलालीको धनगढी र अत्तरिया बजारसम्म पुग्ने गरेका छन्।

प्रकाशित: २३ वैशाख २०७९ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App