संसद विघटनविरूद्ध माईतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ। संसद विघटन असंवैधानिक तथा अवैधानिक रहेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ। संसद विघटन असंवैधानिक तथा अवैधानिक रहेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे सिफारिसबमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रतिनिधिसभाको निर्वाचनको मिति तय गर्नसमेत तयारी गरिएको छ।
प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति संसद विघटनको प्रयास थालेको विद्यार्थीको भनाई छ ।
विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमलाई ‘घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही’ को संज्ञा दिएको छ। आइतबार एक विज्ञप्तिमार्फत उसले संसद विघटनका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष गरेको सिफारिसलाई ‘संविधानमाथिको स्पष्ट कू’ भनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेको प्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेताहरु तथा संविधानविदले प्रतिक्रिया दिन सुरु गरेका छन्। राजनीतिक दलका नेतासहित संवैधानिक कानुनका ज्ञाताहरु ओलीको पछिल्लो कदमलाई लिएर आश्चर्यमा परेका छन्।
नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले आत्मघाती बाटो नरोज्न नेतृत्वलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेकपा नेताहरु आकस्मिक छलफलमा जुटेका छन्।
जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद विघटनको सिफारिसको प्रतिवाद गर्नु पर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम संविधानको मर्म विपरीत भएको बताएका छन्।
'प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकदमै गलत हो। यदि उहाँले यस्तो सिफारिस गर्नु भएको छ भने यसलाई फिर्ता लिनुपर्छ', नेता नेपालले नागरिकन्यूजलाई बताए।