१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चीनका लागि क्यानेडेली राजदूत बर्खास्त

क्यानडाका प्रधानन्त्री जस्टिन ट्रुडोले चीनका लागि क्यानेडेली राजदूत जोन म्याकुलमलाई बर्खास्त गरेका छन्। अमेरिकी आग्रहमा क्यानडामा पक्राउ परेकी चीनको विशाल दूर सञ्चार कम्पनी हुवावेकी प्रमुख कार्यकारी मेङ वान्झाओलाई वासिङ्टन सुपुदर्गीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएको केही समयमै राजदूत म्याककुलमलाई प्रधानमन्त्री ट्रुडोले पदबाट हटाएको बिबिसीले उल्लेख गरेको छ।

गाउँपालिकालाई एम्बुलेन्स सहयोग

हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरीएको छ। भारतीय राजदूतावासले आफ्नो ७० औैं गणतन्त्र दिवसको अवसर पारेर जिल्लाको खार्पुनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो।

भारतीय राजदूतावासले मनायाे ७० औं गणतन्त्र दिवस (फाेटाे फिचर)

भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितीमा भारतीय राजदूत मंजिव सिंह पुरीले गणतन्त्र दिवसका अवसरमा भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाए।

नेपाल भारतबीचको सम्बन्ध प्रगाढ : राजदूत पुरी

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारत जनस्तरको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताएका छन्। विश्वका अरू कुनै दुई देशबीच यस किसिमको प्रगाढ सम्बन्ध नरहेको चर्चा गर्दै उनले यस किसिमको द्विपक्षीय सम्बन्ध प्राचीनकालदेखि रहेको उल्लेख गरे।

‘बलिउड फिल्म नहेर्ने नेपाली छैन, क्रिकेटले पनि सम्बन्ध बढायो’

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो। द्विपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो।’

भारतद्वारा आचार्य राजदूतका लागि स्वीकृत

भारतका लागि राजदूतमा सिफारिस भएका निलाम्बर आचार्यलाई भारतले स्वीकृत गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता अभिषेक दुवेले नागरिकसँगको कुराकानीमा भारतको परराष्ट्र मन्त्रालयले आचार्यलाई भारतीय राजदूतको लागि स्वीकृत गरेको जानकारी दिए।

गृहमन्त्रीलाई उत्तर कोरिया भ्रमणको निम्तो

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले विहिबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी

संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी छ। समितिको बैठक सिंहदरवारमा बसिरहेको छ। बैठकमा फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ भइरहेको छ। दुबै राजदूतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै, प्रस्तावित राजदूतको सुनुवाइ हुने

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। प्रस्तावित राजदूतको सुनुवाइ गर्न विहान ११ बजे सिंहदरवारमा बैठक बस्ने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार आज फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ हुनेछ।

विश्व हिन्दी दिवस मनाइयो

भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा जनवरी १० लाई विश्व हिन्दी दिवसको रुपमा मनाइएको छ।

मिडियाले मलाई निक्कै 'टर्चर' गर्योः राजदूत लक्की शेर्पा

मलाई वर्खास्त गरिएको, मैले राजीनामा दिएको जस्ता हल्लाका समाचार आइरहेका छन्। आजसम्म (बुधवार अपरान्हसम्म) मैले राजीनामा पनि गरेको छैन, मलाई सरकारले बर्खास्त गरेको कुनै सूचना छैन। नेपाली मिडिया किन यति सामान्य कुरामा पनि चुक्छ? नेपाली मिडियालाई आधार मान्ने हो भने त दुइ दिनअघि नै मलाई बर्खास्त गरिएको हो।

राजदूत वर्खास्त गर्ने निर्णय भएको छैन: परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको जानकारी दिएका छन्।नागरिक न्यूजसँग मंगलवार विहान कुरा गर्दै मन्त्री ज्ञवालीले भने, 'अनुसन्धान प्रक्रिया जारी छ। परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई वर्खास्त गर्ने बारे कुनै निर्णय गरेको छैन।'

तीन देशका राजदूतको एग्रिमो आएन

सरकारले दुई महिनाअघि रिक्त रहेका चार मुलुकमा राजदूत सिफारिस गरे पनि इजरायलबाहेक अन्य मुलुकबाट अझै सहमति (एग्रिमो) आएको छैन। गत कात्तिक २६ गते को मन्त्रिपरिषद् बैठकले भारत, मलेशिया, इजरायल र संयुक्त अरब इमिरेट्सका लागि एकैपटक राजदूत सिफारिस गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्