१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

एमसिसी परियोजनाबारे द्विपक्षीय छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो।

इटालीका लागि उत्तर कोरियाली राजदूत सम्पर्कविहीन

इटालीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएको दक्षिण कोरियाले जनाएको छ। रोमका लागि उत्तर कोरियाका कार्यवहाक राजदूत जो सङ–गिल बेपत्ता भएको दक्षिण कोरियाली गुप्तचर निकायले अधिकारीहरुलाई जानकारी गराएको सोलले बताएको छ।

नवनियुक्त चिनियाँ राजदूतको कार्ययोजना : दुई देशबीच जनस्तरमा सम्बन्धदेखि बराबरी साझेदारीसम्म

नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच विकास अनुभवको आदानप्रदान हुनुपर्ने बताएकी छिन्। कार्यभार सम्हाल्न शनिवार काठमाडौं आएकी राजदूत यान्छीले नेपाली जनताका नाममा सन्देश जारी गर्दै दुई देश र जनताबीच विकास अनुभवको आदान गराउन आफूले पहल गर्ने बताएकी छिन्।

नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छी काठमाडौं आइपुगेकी छिन्। शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी राजदूत यान्छीलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।

सरकारद्वारा पाँच नयाँ राजदूत सिफारिस, तीन जना फिर्ता बोलाइए

सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ भने दक्षिण कोरिया, बंगालादेश र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यही पुस ६ र ९ सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिएका हुन्।

कतारको विकासमा नेपालीको ठूलो योगदान छ : राजदूत हेल

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।

प्रदेश छिर्दै बेलायतका राजदूत मोरिस

नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए ।

एसिया प्यासिफिकजस्ता सम्मेलन भइरहनुपर्छः पराराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनले नेपाललाई विश्वमै चिनाएको टिप्पणी गरेका छन्। नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकीर गरेका हुन्।

प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा नहेराैं : प्रस्तावित राजदूत आचार्य

भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यले चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा लिन नहुने बताएका छन्। संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आचार्यले नेपालको चीन र भारतसँगको सम्बन्धलाई एउटै नजरले हेर्न नहुनेमा जोड दिए।

पूर्व राजदूतहरुसँग छलफल गर्दै सुनुवाई समिति

राजदूत नियुक्तीमा हुँदै आएका अभ्यासहरुबारे जानकारी लिन संसदको सार्वजनिक सुनुवाई विशेष समितिले पूर्व राजदूतहरुसँग छलफल गरेको छ।

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको विदाई भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन्। बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन्।

राजदूत लक्की शेर्पामाथि छानविन गर्न काँग्रेसको माग

मानव तस्करीमा संलग्न रहेको आरोप लागेका अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानविन गर्न नेपाली कांगेसले सरकार समक्ष माग गरेको छ।

भारतीय दूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ।  भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्