५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश छिर्दै बेलायतका राजदूत मोरिस

मकवानपुर - नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए ।

त्यसअघि बुधबारै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिकासँगै मध्य नेपाल पर्यटन विकास समितीका पदाधिकारीसँग भेट गरेका थिए । उनले मकवानपुरको चुरियामाई सुरुङ, सहिद स्मारक, मनकामना मन्दिरको अवलोकन पनि गरेका थिए ।

राजदूत मोरिसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साथ दिएर सहयोग गर्न तयार रहेको बताए । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले बेलायतले नेपालका सडक र खानेपानी आयोजना निर्माणमा सहयोग गरिरहेको बताए ।

‘बेलायत–नेपालको सम्बन्ध २ सय २ वर्ष लामो रहेको छ,’ उनले भने, ‘बेलायतले नेपालमा एक हजार किलोमिटर सडक निर्माण र अरु क्षेत्रमा विकासको काम गर्न सहयोग गरेको छ ।’ भूकम्पपछि मात्र बेलायत सरकारले नेपालमा २ सय ५० वटा खानेपानीका योजना निर्माण गरेको बताउदै राजदूत मोरिसले प्रदेश ३ मा १ सय ३० किलोमिटर सडक निर्माण गरिएको बताए । नेपालमा आएपछि काठमाडौंको मात्र नभई पूरै नेपालको राजदूत आफू भएको भन्दै उनले देशैभरिको समस्या हेरेर काम गरिने तर्क गरे ।

प्रदेश ३ सरकारले लगानीका लागि उचित वातावरण बनाएमा काम गर्नका लागि आपूmहरू तयार रहेको भन्दै उनले अन्तर्राष्ट्रिय लगानीका लागि औद्योगिक वातावरण राम्रो बनाउनुपर्नेमा जोड दिए । मकवानपुरको विविध प्राकृतिक सौन्दर्यले अत्यन्तै मोहित भएको भन्दै उनले पर्यटनको ठूलो सम्भावना रहेकोले त्यसको विकास र प्रवद्र्धनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विशेष सहयोग गर्न आग्रह गर्दै मकवानपुर र बेलायती लगानीकर्तासँग उद्योग व्यापारमा सहजिकरण गर्दै मकवानपुरलाई शैक्षिक केन्द्र बनाउन आग्रह गरे ।

प्रकाशित: २८ मंसिर २०७५ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App