७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालक पक्राउ

सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको छ।

घुससहित काठमाडौं महानगरका इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ। भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

आफ्नै १३ बच्चालाई बन्धक बनाउने अभिभावक पक्राउ

अमेरिकाको क्यालिफोर्नियामा आफ्नै बच्चालाई बन्धक बनाउने अभिभावकलाई प्रहरीले पक्राउ गरेको छ। क्यालिफोर्नियास्थित लस–एन्जल्सदेखि ५९ किलोमिटर दक्षिण पश्चिममा पर्ने पेरिसमा आफ्नै १३ बच्चालाई बन्धक बनाउने आमाबुवालाई नियन्त्रणमा लिई बच्चाहरुको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अवैध हतियार सहित माओवादी नेता पक्राउ

लामो समयदेखि अवैध हात हतियारको कारोबारमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र बाँकेका नेता गरिबे शेखलाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर ५ को विशेष प्रहरी व्यूरो टोलीले खजुरा गाउँपालिका वडा नम्वर ५ उढरापुरबाट नेता शेखलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन र चार राउण्ड गोली बरामद गरेको जनाएको छ।

चितुवाको छालासहित तीन पक्राउ

सदरमुकाम बेसीसहरमै चितुवाको छालासहित तीनजना युवा पक्राउ परेका छन्। बेसीशहर नगरपालिका वडा ८ झिंगेखोलास्थित घलेगाउँ होटलबाट शुक्रबार राति चितुवाको एकथान छालासहित पक्राउ परेका सुन्दरबजार नगरपालिका ५ तार्कुका २७ वर्षीय बिनोद तामाङ, सुन्दबजार नगरपालिका ४ दुराडाँडाका २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका ६ सुन्दरबजारका २७ वर्षीय कमल तामाङलाई जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजाली कतारबाट पक्राउ

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। तिवारी हत्यामा हातहतियार व्यवस्थापन लगायत कार्यमा संलग्न सिंजाली घटनालगत्तै कतार फरार भएका थिए।

अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ

अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ। गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो।

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

टर्कीमा पुर्याएर श्रम शोषण गर्ने तीन जना पक्राउ

युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सिआईबी महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन्।

मानव बेचबिखन मुद्दामा होटल सञ्चालक पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ।

डा गोविन्द केसी पक्राउ

डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो।

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्