७ आश्विन २०८१ सोमबार
image/svg+xml

शंकास्पद गतिविधिमा संलग्न २९ जना पक्राउ

पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको सवारी दर्ता र नवीकरण शाखाबाट १९ र ड्यामसाइटस्थित कार्यालयको लाइसेन्स शाखाबाट १० जनालाई पक्राउ गरिएको हो।

पचास हजार घुससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ।

कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

साउदी अरबका ११ राजकुमारलाई रियादबाट पक्राउ गरिएको छ। रियादमा रहेको शाही महलबाट साउदीका अधिकारीले ११ राजकुमारलाई शनिबार हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शव भेटिएको १५ महिनापछि पक्राउ

एक व्यक्तिको मृत्यु भएको १५ महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले ५ जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ। पक्राउ परेकाविरुद्ध प्रहरीले शुक्रबार नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको हो।

तेह्र किलो गाँजासहित एक महिला पक्राउ

भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट विहीबार पक्राउ गरेको हो।

यौन उत्तेजना फैलाएको भन्दै पप गायिका पक्राउ

म्युजिक भिडियोमार्फत अश्लीलता फैलाएको भन्दै इजिप्टमा एक गायिकालाई प्रहरीले पक्राउ गरेको छ। विवादित म्युजिक भिडियोबाट दुर्व्यहारका  लागि उक्साएको’ आरोपमा लैला एमर नामकी पप गायिकालाई इजिप्टका अधिकारीले गिरफ्तार गरेका हुन्।

कोटेश्वरबाट दुई पेस्तोलसहित एक पक्राउ

काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो ।

आठ किलो चरेससहित सांसद उम्मेदवार पक्राउ

हालै सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा उम्मेदवार बनेका एक युवक रौतहटमा चरेससहित पक्राउ परेका छन्।  रौतहट क्षेत्र नम्बर ४ का लागि वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीबाट प्रतिनिधि सभाको उम्मदेवार रहेका गरुडा नगरपालिका ५ लक्ष्मीपुरका शिवशंकर पाण्डे प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ परेका हुन्।

लक्की ड्रमा परेको भन्दै ठगी गर्ने तीन पक्राउ

र्वसाधारणहरुलाई विभिन्न प्रलोभन दिएर सामाजिक संजालको माध्यमबाट ठगी गर्ने तीन जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। बारा प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।सार्वजनिक गरिएका मध्ये दुई जना नेपाली र एक जना भारतीय रहेको पत्रकार सम्मेलनमा बताइएको छ।

पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी

कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फाराम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रूपमा जोडिएका छन् । सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

लागूऔषधसहित ३ युवा पक्राउ

उदयपुर प्रहरीले लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ। गाईघाट–लाहान सडक खण्डमा चल्ने सवारी साधनमा नियमित चेकजाँच गर्ने क्रममा आईतबार राती सय थान भन्दा बढी बिभिन्न खाले लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दक्षिण अफ्रिका पुर्याएर मानव बेचबिखन गर्ने पक्राउ

दक्षिण अफ्रिकामा रोजगार दिलाईदिन्छु भन्दै मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

गाई काट्ने ४ पक्राउ

गाई काटेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बकैया गाउँपालिका–७ कान्द्राङ बस्ने ४८ वर्षीय शंकर मोक्तानसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्