राष्ट्रपति भण्डारी विराटनगर आउँदै
राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरमा विराटनगर आउँदैछिन् । मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको ज्येष्ठ नागरिक महोत्सवमा सहभागि हुन उनी यहाँ आउन लागेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरमा विराटनगर आउँदैछिन् । मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको ज्येष्ठ नागरिक महोत्सवमा सहभागि हुन उनी यहाँ आउन लागेकी हुन् ।
पोखरा-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणका क्रममा पर्यटकीय नगर पोखरा आउने भएपछि यहाँ तयारी सुरु भएको छ। मुखर्जीको भ्रमण बेलाको सुरक्षा अवस्था बुझ्नका लागि सुरक्षा अधिकारी सहितको ‘एडभान्स’ टोली शुक्रबार पोखरा आएको छ।
मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछ। भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम करिब तय भइसकेको छ । जानकी मन्दिरमा पूजापाठ र मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिने तयारी भइरहेको छ।
जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकालाई ट्रान्जिट बनाएर नेपाली महिलाको खाडीतर्फ हुँदै आएको ओसारपसार रोकिदिन श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासमक्ष आग्रह गरेका छन्। भारतको गोवामा जारी ब्रिक्सको आउटरिच सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री दाहालले उठाएको विषयलाई सिरसेनाले चासोसाथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिएका छन्। ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा गाेवा अाएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उनलाई पुनः निम्तो दिएका थिए।
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्।
रिपब्लिबन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि अर्को यौन दुव्र्यवहारको आरोप लागेको छ। ट्रम्पमाथि दुई महिलाले यौन दुव्र्यवहारको आरोप लगाएको बीबीसीले जनाएको छ। तर ट्रम्पले भने आरोपको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाएको बताएका छन्।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा शुक्रबार बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा आज जानकारी गराएका छन्।
चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्। परम्परागत मित्रवत सम्बन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्। शितल निवासमा राष्ट्रपति भण्डारीले आफन्तलाई टीका लगाइ दिएकी हुन्। राष्ट्रपतिको हातबाट टीका थाप्न राष्ट्रपति निकास पुगेका थिए। शितल निवासमा मंगलबार शुभसाइतमा कान्छी छोरी तथा परिवारका अन्य सदस्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्।
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले विजयादशमीको शुभअवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकीछन्।