२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपतिको उम्मेदवारमा लक्ष्मी राईलाई अघि सार्ने कांग्रेसको तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई अघि सार्ने तयारी गरेको छ। वाम गठबन्धनको उम्मेदवारले नै राष्ट्रपतिसहितका पद हात पार्ने निश्चित रहेपनि कांग्रेसले सर्वसहमति हुन नदिन सहिद दिवानसिंह राईकी छोरी लक्ष्मीलाई मैदान उर्तान लागेको हो।

राष्ट्रपति उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।फागुन २९ गते हुन लागेको राष्ट्रपति चुनावका लागि उम्मेदवारको टुंगो लगाउन एमाले स्थाई कमिटीको बैठक बस्न लागेको हो।

राष्ट्रपति उम्मेदवार टुंग्याउन एमालेले बैठक बोलायो

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्तारूढ नेकपा एमालेले मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । ‘फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको टुंगो सम्भवतः आज (मंगलबार) लगाउनेछौं’, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।

राष्ट्रपतिका उम्मेदवारको खर्च चार लाख

निर्वाचन आयोगले आगामी २९ गते हुने राष्ट्रपति चुनावमा भाग लिने उम्मेदवारका लागि निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले प्रचारका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रपति उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतवार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो ।

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठ सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

अर्मेनीयामा नयाँ राष्ट्रपति चयन

अर्मेनीयाको संसदले शुक्रबार अर्मेन सार्किसीयनलाई देशको चौथो राष्ट्रपतिका रुपमा चयन गरेको छ। देशको समाचार संस्था अर्मेनप्रेसका अनुसार संसदका ९० जना सांसदहरूले सार्किसीयनलाई मतदान गरेका थिए भने उनको विपक्षमा १० मत परेको थियो। एउटा मत भने बदर भएको अधिकारीले जनाएका छन्।

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने संकेत

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिमा हालकै अनुहार दोहोरिने संकेत गरेका छन्। शुक्रबार अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले नेकपा एमाले र माओवादी केन्द्रमा हालकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउने मत बलियो रहेको बताए।

राष्ट्रपति निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

राष्ट्रपति चुरे भर्ती केन्द्र

एकातिर चुरे संरक्षणका लागि समिति गठन गर्ने र अर्कोतर्फ यसको विनाशको प्रमुख कारणका रूपमा रहेको ढुंगा–गिट्टी निर्यात खुला गर्न दबाब दिने दोहोरो भूमिका सबै दलका नेतृत्व तहमा देखियो । कुल भूभागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रफल ओगटेको चुरे विनाश हुने अब पक्का छ । कार्यकर्ता, आफन्त भर्ती केन्द्र बनेको समितिबाट संरक्षणको कुनै काम हुनेछैन।

सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्यो

चीनमा दुईपटक भन्दा बढी समय राष्ट्रपति बन्न नपाउने प्रावधान खारेजीको प्रक्रिया अघि बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको समयसीमा हटाउन संविधानको धारा संशोधनको प्रस्ताव अघि सारेको समाचार संस्था सिन्हवाले जनाएको छ। यो प्रस्ताव पारित भएसँगै दोस्रो कार्यकाल चलाइरहेका वर्तमान राष्ट्रपति सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खुल्नेछ।

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा कुशल शान्ति सेनाको भूमिकामा प्रस्तुत हुन सफल भएको बताएकी छन्।

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना विपरित मन्त्रिपरिषद्को सिफारीस कार्यान्वयन गरेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन्। कांग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले असंवैधानीक कदम सच्याउन आग्रह गर्दै राष्ट्रपतिलाई संविधान प्रति उपहार दिएका हुन।

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीलाई बुधबार (आज) दिउँसो ३ बजे शीतल निवास पुगेर नेपालको संविधान २०७२ उपहार दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्