काठमाडौं– निर्वाचन आयोगले आगामी २९ गते हुने राष्ट्रपति चुनावमा भाग लिने उम्मेदवारका लागि निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगको आइतबार बसेको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले प्रचारका लागि चार लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार सोमबार मतदाता नामवली प्रकाशन हुनेछ। संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने व्यवस्था छ।
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ताका लागि बुधबार बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकिएको छ। आयोगले फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ।
प्रकाशित: २१ फाल्गुन २०७४ ०३:१६ सोमबार