१० मंसिर २०८१ सोमबार
image/svg+xml

पदयात्रा व्यवसायीको सकसः आफू जोगिने की मजदूर जोगाउने ?

आन्तरिक पर्यटकका कारण पर्यटनका अरु क्षेत्र धेरथोर चलायमान बनिसकेपनि विदेशी पाहुनाको भरमा टिकेको पदयात्रा व्यावसाय भने अझै चलायमान बन्न सकेको छैन। आफ्नो व्यावसाय जोगाउने वा मजदुर जोगाउने भन्ने चूनौती थपिएको व्यावसायी बताउँछन्।

ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनको प्रदर्शनः सामाजिक सुरक्षा ऐन लागू गर्न माग

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ।

घोरेपानीका होटल खुल्दै, जाने होइन त ट्रेकिङ ?

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन्।

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

शंखधर साख्वाको नाममा साँगा–फुलचोकी ट्रेकिङ रुट

सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ।

काठमाडौं बाहिर रहेकाे पर्यटन विभागको ७ कार्यालयले के–के काम गर्छ ? कहाँ-कहाँ छ ?

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतको पर्यटन विभागले आफुले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको हो।

कोरियाली पर्यटक बढाइने

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

ट्रेकिङकमा हराएका युवकको उद्धार असफल

ट्रेकिङमा गएका पाँच जनामध्ये एकजना बाटो भुलेर हराएपछि सँगै यात्रामा रहेका अन्य चारजना साथीले हराएको कुरा प्रहरीलाई जानकारी गराएका थिए।

टानको बेरुजु टुंग्याउने आश्वासन

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) र नेपाल पर्यटन बोर्डबीच रहेको समस्या समाधानका लागि छलफल सुरु भएको छ। पहिलो चरणको छलफलमा टानको बेरुजु सम्बन्धमा छलफल भएको थियो।

‘इसिटिएस’मा व्यापारीकै ‘हचपच’

नेपाली ‘कन्टेनर’मा ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’ (इसिटिएस) लागू हुनुलाई तेस्रो मुलुकसँगको नेपालको व्यापार नयाँ युगमा प्रवेश गरेको अथ्र्याइएका बेला सरोकारवाला व्यापारीमध्ये कतिपयले यसलाई पचाउन गाह्रो मानेका छन्। ‘इसिटिएस’मार्फत प्रत्यक्ष ‘ट्रान्ससिपमेन्ट’ सम्बन्धी वीरगन्जमा मंगलबार आयोजित अन्तरक्रियामा व्यापारीले यस्तो ‘हचपच’ देखाए।

भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

खुम्बुपासाङल्हामू गाउँपालिका ३ फाक्दिङस्थित भीरबाट खसेर एक अमेरिकी  नागरिकको ज्यान गएको छ।

ट्रेकिङ गाइडको पारिश्रमिक २० प्रतिशत बढ्यो

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले ट्रेकिङ गाइडको पारिश्रमिक बढाएको छ। टानका महासचिव आङपेम्बा शेर्पाले हालको पारिश्रमिकमा २० प्रतिशत बढाइएको जानकारी दिए।

गाउँ फर्कने वातावरण बन्दै छ : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जिल्लाको कुइबाङलाई पर्यटकीय गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कुइबाङ गाउँ मर्दी हिमाल र माछापुच्छ्रे हिमालको आधारशिविर जाने र फर्कने ट्रेकिङ रुटको प्रवेशद्वार बन्ने बताएका छन्।

पर्यटक कार्यविधि कार्यान्वयन गर्न माग

नेपाल सरकारले ल्याएको पर्यटक कार्यविधि कार्यान्वयन गराउन ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान)ले माग  गरेको छ। सरकारले गत भदौ १६ गतेबाट लागू गरेको ‘साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ कार्यान्वयन नहुँदा पर्यटन क्षेत्रमा समस्या देखिएको भन्दै कार्यान्वयन गर्न टिगानले माग गरेको हो।

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्