२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागीमा एकै परिवारको ४ को मृत्यु

दसैंको पहिलो दिन घटस्थापनामै मोरङको कानेपोखरीमा दुखद घटना भएको । कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा विहीबार विहान भएको आगलागीमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

दुई पक्षमा कुटाकुट हुँदा रौतहटमा एकजनाको मृत्यु

रौतहटको कटहरियामा दुई पक्षमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका-८ बलुवा टोलमा दुई पक्षबीच मारपिट हुँदा एकजनाको मृत्यु भएको हो।

मोरङको कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ। सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो।

मेक्सिकोमा शक्तिशाली भूकम्प, सय भन्दा बढीको मृत्यु

मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ। यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

ट्याक्सी दुर्घटनामा बालिकाको मृत्यु

दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

चट्याङले उदयपुरमा एकको मृत्यु

उदयपुरमा गएराति चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ। अघिल्लो मध्यराति वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिकाको पहाडी वडा १५ नम्बर साउनेको सालथुम्काकी ६५ वर्षीया छलिमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतकाे अासाममा डुंगा दुर्घटना, दशको मृत्यु

भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

करेन्ट लागेर मृत्यु

चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ। नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ।  रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो। घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

छतबाट खसेर एकको मृत्यु

घरको छतबाट खसेर सुनसरी इटहरीका एक पुरुषको मृत्यु भएको छ। इटहरी वडा नं. २० का ४४ बर्षीय बिन्द्र भन्ने जयकुमारको शुक्रबार बिहान ३.३० बजे उपचारका क्रममा मृत्यु भएको हो।

दक्षिणी इराकमा भएका आक्रमणहरुमा ८३ को मृत्यु

इराकको दक्षिणी प्रान्त घी कारको नस्रियाह सहरमा भएका कार बम आक्रमण र गोली प्रहारमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु भएको छ।

काभ्रेमा स्वाइनफ्लुबाट एकको मृत्यु

स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शmुत्रबार एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

रेष्टुरेन्टमा आक्रमण हुँदा ६० को मृत्यु

इराकको एक रेष्टुरेन्टमा आत्मघाती आक्रमण हुँदा ६० जनाको ज्यान गएको छ। आइएस नासिरीयाको एक रेष्टुरेटमा आत्मघाती बम हमला गरेको थियो। उक्त घटनामा ६० जना घाइते भएका छन्।

बिरामी मृत्यु प्रकरण : ओममा दोस्रो दिन पनि तनाव

पिनासको शल्यक्रियापछि मृत्यु भएकी बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको आफन्त पक्ष र ओम अस्पतालबीच सहमति नहुँदा बिहीबार पनि ओम अस्पताल दिनभर तनावग्रस्त रह्यो ।

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४को मृत्यु

मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्