इटहरी—घरको छतबाट खसेर सुनसरी इटहरीका एक पुरुषको मृत्यु भएको छ। इटहरी वडा नं. २० का ४४ बर्षीय बिन्द्र भन्ने जयकुमारको शुक्रबार बिहान ३.३० बजे उपचारका क्रममा मृत्यु भएको हो।
विहीबार बेलुका खाना खाएर आफ्नै घरको तीन तला माथि छतमा सुतेका बेला राति अबेर राईं अचानक छतबाट खसेका थिए। उनलाई तत्काल उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचार गर्दागदैं मृत्यु भएको इटहरीका डिएसपी सञ्जय राउतले बताए।
प्रकाशित: ३० भाद्र २०७४ १३:५० शुक्रबार