युरोकपको फाइनल खेलपछि भएको हिंसामा ४० जना पक्राउ
पेरिस– युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ। पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ। फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए।