कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा
वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।
वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।
गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागिएको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि गाउँपालिकाले १० प्रतिशत अर्थात दुई करोड ५० लाख सेयर लगानी गर्ने सम्झौता गरेको हो।
अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।
सरकारले २१० मेगावाटको अर्धजलायशयुक्त चैनपुर सेती जलविद्युत् आयोजनाको वर्षमा अपडेटेड सम्भाव्यता अध्ययन र इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सनको बोलपत्र तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गर्नेछ। यो जलविद्युत् आयोजनाको चिनियाँ परामर्शदाता कम्पनी चेस्कोले अपडेटेड सम्भाव्यता अध्ययन तीव्र गतिमा गरिरहेको छ।
नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा दीर्घकालीन अर्थ राख्ने ठूला जलविद्युत् र रेल परियोजनामा गहन ढंगले छलफल गरी रणनीतिक योजना तय गर्नुपर्ने विज्ञ सुझाव छ।
रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा आगलागी भएको छ । आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो गर्न सरकारलाई गोरखाका राजनीतिक दलहरुले आग्रह गरेका छन्। लामो समयदेखि प्रभावित, बिस्थापितलाई अन्यौल पारेको, आयोजनामा कामले गति नलिएको, बजार क्षेत्रको मुआब्जा अहिले सम्म निर्धारण नभएको विषयमा दबाब दिन दलहरु एकमेठ भएका हुन्।
माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले एक साताभित्र व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सु्रु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।
तामाकोसी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बिते पनि सरकारले लगानी जुटाउन नसक्दा निर्माणमा अन्योल देखिएको छ। सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन।
उत्तरगंगा पावर कम्पनी लिमिटेडले आठ सय २१ मेगावाट क्षमताको जलायशयुक्त आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरेर विद्युत् विकास विभागसँग उत्पादन अनुमतिपत्र माग गरेको छ। कम्पनीले गत असार १२ गते उत्पादन अनुमतिपत्र माग गर्दै निवेदन दिएको हो।
जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ। आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो।
वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ कामदार फर्किएपछि काम ठप्प भएको हो। आयोजनाका अनुसार असार मसान्तदेखि काम रोकिएको हो। दसैंपछि मात्रै काम सुरु हुने आयोजनाले जनाएको छ।
प्रत्येक वर्षको बजेटमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा भएकै हुन्छ। तीन दशकदेखि चर्चामा रहे पनि हालसम्म कुलेखानीबाहेक अन्य जलायशयुक्त आयोजनाको न त निर्माण, न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छ।
६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको बाँधबाट दुईवटा पक्की पुल डुबानमा पर्ने भएको छ। आयोजनाको हालै सार्वजनिक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनका अनुसार हाल चालु अवस्थामा रहेको ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको भदौरे दोभानटार र दियाले जोड्ने ठोट्ने खोलाको पक्की पुल डुबानमा पर्ने देखिएको हो। यस्तै, खोटाङको रावाबेंसी गाउँपालिकाको खार्पा र डुम्रेधारापानी जोड्ने पक्की पुल डुबानमा पर्ने भएको हो।