२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

जिल्लाको अधिकारीचौरमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । अधिकारीचौर—३ घैयाखेत बगा स्थित ओमकार विकको गोठमा सोमबार बिहान आगलागी हुँदा उनका एक छोरा र एक छोरीको ज्यान गएको हो ।

अमेरिकामा मृत्यु भएकी  निसाको परिवारलाई ४५ लाख सहयोग

अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ। नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो।

रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।

श्रीमानको कुटाइबाट महिलाको मृत्यु

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

उम्मेदवारको मृत्यु भएपछि उद्योग वाणिज्य संघको अधिवेशन स्थगित

उद्योग वाणिज्य संघ रौतहटको आज हुने भनिएको अधिवेशन स्थगित भएको छ। सदस्यका उम्मेदवार श्रीप्रकाश ठाकुरको असमायिक निधन भएपछि अधिवेशन स्थगित भएको हो।

जिउँदै जलाइएकी अनिसाको मृत्यु

पतिबाट जिउँदै जलाइएकी नेपालगन्ज–१२ निवासी २३ वर्षीया अनिसा खटिकको उपचारका क्रममा मृत्यु भएको छ। घरायसी विवादका क्रममा २६ वर्षीय राजेन्द्र खटिकले मटीतेल छर्केर पत्नीको शरीरमा आगो लगाएका थिए।

भारतमा निर्माणाधीन घर भत्किँदा ७ जनाको मृत्यु

निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ।

पूजा गरेर फर्कंदै गर्दा ट्रयाक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

विद्यालयमा सरस्वतीको पूजा गरेर फर्कने क्रममा बुधबार सुनसरी बक्लौरीमा एक बालिकाको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको छ।

कुवेत प्रहरी हिरासतमा नेपाली महिलाको मृत्यु

घरेलु कामदारको रुपमा कुवेतमा कार्यर्त एक नेपाली महिलाको कुवेत प्रहरी हिरासतमा मृत्यु भएको छ। प्रहरीले पक्राउ गरेकी ३७ वर्षीय ती महिला को हुन् भन्ने सार्वजनिक भएको छैन।

साउदीमा दुई महिनाअघि मृत्यु भएका मण्डलको शव अझै परिवारले पाएनन्

वैदेशिक रोजगारीमा गएका एक युवाको शव दुई महिना बित्दा पनि परिवारले पाउन सकेको छैन। उनको शव नेपाल ल्याउन नसकिएको परिवारले जनाएको छ।

कारागारमा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु

वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बनियाको उपचारका क्रममा ज्यान गएको छ। छुरा प्रहारबाट गर्दनमा गहिरो घाउ लागेर नशाहरु काटिँदा सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्