२६ आश्विन २०८१ शनिबार
image/svg+xml

सुपर एजेन्टमाथिको प्रतिबन्ध बढ्यो

फुटबलमा सुपर एजेन्ट नामले परिचित मिनो राइओलालाई इटालियन फुटबलको प्रतिबन्धसँगै विश्व फुटबल महासंघ (फिफा) ले विश्वव्यापी रूपमै उनीमाथि प्रतिबन्ध बढाएको छ।म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, मार्सेलका मारियो बालाटेली, युभेन्ट्सका युवा गोलकिपर मोइस किन र ज्लाटान इब्राहिमोभिचजस्ता स्टार फुटबलरका एजेन्टसमेत रहेका राइओलाई फिफाको अनुशासन कमिटीले तीन महिनाको प्रतिबन्ध लगाएको हो। यसअघि बुधबार नै इटालियन फुटबल संघले पनि राइओलामाथि प्रतिबन्ध लगाएको थियो।

सडन डेथमा विन्ध्यवासिनीलाई सफलता

सडनडेथमा भारतको रोयल फुटबल क्लबलाई पराजित गर्दै मोरङको विन्ध्यवासिनी क्लब धनकुटामा सुरु भएको १४औं सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा पुगेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा मोरङे क्लबले पाहुना टोली रोयल फुटबल क्लबको चुनौती सडनडेथमा ६–५ गोलले समाप्त गरेको हो।

चौथो सिन्धु कप जावलाखेललाई

चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ।  स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो।

जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त भएसँगै खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी गरिएको छ।

फिफाद्वारा चेल्सीको अपिल खारेज

विश्व फुटबल महासंघ (फिफा) ले खेलाडी अनुबन्धनमाथि लागेको प्रतिबन्धमा इङ्लिस क्लब चेल्सीको अपिललाई खारेज गर्दै देशभित्रबाट भने १६ वर्षमुनिका खेलाडीलाई अनुबन्ध गर्न पाउने निर्णय गरेको छ।

सावित्राको सानदार प्रदर्शन

नेपाली फुटबलकी सदस्य सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित सेथु क्लबले घरेलु प्रतियोगिता इन्डियन वुमन्स लिगमा सानदार सुरुआत गरेको छ।

गोर्खा ब्वाइज सेमिफाइनलमा

ए डिभिजन क्लब फ्रेन्ड्सलाई पेनाल्टी सुटआउटमा ३– ० ले पराजित गर्दै गोर्खा ब्वाइज क्लब रूपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

थाइल्याण्ड उद्धारको सिरिज बनाउँदै नेटफ्लिक्स

गत वर्ष थाइल्याण्डको उत्तरी गुफाबाट उद्धार गरिएका फुटबल प्रशिक्षकसहित १२ खेलाडीका बारे छोटो सिरिजको शृंखला निर्माण गर्न नेटफ्लिक्सले अधिकार सुरक्षित गरेको छ। गत वर्षको जुलाईमा थाइल्याण्डको वाइल्ड बोर्स फुटबल टिमका सदस्यहरू बाढीका कारण गुफामा दुई हप्ता थुनिएपछि विश्वभरका सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो।

एन्फाको प्रस्ताव अस्वीकृत

दक्षिण एसियाली फुटबल महासंघको विशेष साधारण सभाले अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान संशोधन प्रस्तावलाई अस्वीकृत गरेको छ।

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० हराउँदै तीन खेल अघि नै उपाधि पक्का गरेको हो।

इंगल्याण्ड र नेपालको राष्ट्रिय टिमबीच फुटबल हुने

इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरे।

धरान फुटबल क्लब विजयी

झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकप फुटबलमा शुक्रबार च्यासल युथलाई हराउँदै धरान फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दाउफिन्स पहिलो खेलबाटै बाहिर

टाइब्रेकरमा भाग्यमानी साबित हुँदै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्