३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

‘पूर्वीय दर्शन र सनातनी संस्कारमा बाह्य दबाब र प्रभाव’

भारतको हरिद्वारमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन आइतबार त्यहाँ पुगेका शाहले मेलालाई सम्बोधन गर्दै धर्म बचाउनुपर्ने र संस्कृतिको रक्षा गर्नुपर्ने बताएका हुन्।

निषेधको राजनीति सुरु गरियो : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’

पूर्वाराजा शाहले भने : अहिलेको राजनीतिको समीक्षा गर्न ढिला भयो

पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ भन्ने समीक्षा हुन विलम्ब भएको बताएका छन्।

युवालाई डा. भट्टराईको आग्रह : गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऊँ

पूर्वराजा तथा राजावादी सक्रिय हुन थालेको देखेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेताले गरेका गल्तीको रिसमा गणतन्त्रकै विरोधमा नलाग्न युवालाई सुझाव दिएका हुन्।

पूर्वराजा र राजावादी हाे ! अरू जेसुकै दाबी गर तर आफूलाई ’राष्ट्रवादी’चैं नभन : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा तथा राजावादीहरूलाई आफूलाई राष्ट्रवादी दाबी नगर्न सुझाव दिएका छन्।

बाढी पहिरोका घटनाप्रति पूर्वराजाद्वारा दुःख ब्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। एक विज्ञप्ती जारी गर्दै शाहले ‘बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु’, शाहद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।

कोरोना नियन्त्रण कोषमा पूर्वराजाको दुई करोड सहयोग

पूर्वराजा ज्ञानेन्द्र शाहले 'कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष' मा दुई करोड सहयोग गरेका छन्।

देशलाई नचाहिंदो विवादमा नतानौं : ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह गरेका छन्। २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक सन्देश जारी गर्दै ज्ञानेन्द्रले जनताको चाहना अनुसार अघि बढ्नु पर्ने जनाएका हुन्।

नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लब पुगेर नाचेका छन्। परिवार सहित एलओडी नाइट क्लब पुगेका उनी नाचेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित छ। खैरो कोट, ढाका टोपी र टाइमा सजिएका ज्ञानेन्द्र शाहले नाच्दा नाच्दै कोट फुकाल्छन्। क्लबमा उनीसँग सेल्फी खिच्नेको भिडनै लाग्छ। उनले क्लबमा आएकाहरुलाई हात ठड्याउँदै अभिवादन समेत गर्छन्।

पूर्वराजाकाे चेतावनी: 'परिवर्तनकारी शक्तिहरु नै अप्ठेरोमा पर्न सक्छन्'

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

सर्वदलीय बैठकः पूर्वराजा र विप्लव समूहबारे छलफल, प्रमको प्रस्तावमा देउवाले के भने?

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत राजावादी शक्ति र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिबारे छलफल भएको छ।

‘नागार्जुन दरबार प्रचण्डको बिर्ता हो ?’

प्रधानमन्त्री नयाँ आएसँगै पुर्वप्रधानमन्त्री भने झै अर्को राजा नआएकै अवस्थामा राजालाई पुर्वराजा भन्नु हास्यासपद रहेको बताइन्। उनले राजा राजाकै रुपमा रहने पुर्व राजा कहिल्यै नबन्ने बताइन्। उनले राजाको शासन कालमा एउटा सिस्टममा राज्य संचालन हुने गरेको भएता पनि मुलुकमा संघियता सँगै बेथिति बनेको बताइन्।

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्