९ मंसिर २०८१ आइतबार
image/svg+xml

बाढी पहिरोका घटनाप्रति पूर्वराजाको दु:ख व्यक्त

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन् 'यो बर्षको मौसमी बर्षासंगै राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पैह्रोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दु:खी तुल्याएको छ।'

पूर्वराजाको सन्देश

मुलुक भ्रष्टाचार र बेथितिका काण्डै–काण्डमा चुर्लुम्म डुबिरहेको अवस्थामा हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ। जे जति पनि भ्रष्टाचार, बेथिति र लुटतन्त्रका घटना बाहिर आएका छन् ती मूलतः सञ्चार माध्यमबाटै बाहिर आएका छन्। बाहिर नआएकात कति होला होला। विगतमा झैँं यसपटक पनि राजनीतिक नेता र पूर्वराजा ज्ञानेन्द्रबाट नयाँ वर्षको शुभकामना व्यक्त गर्ने काम भएको छ।

पूर्वराजा हेर्न सर्लाहीमा सीडीओसम्मको लर्को, नजिकबाट हेर्नेको तँछाडमछाड

स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तँछाडमछाड गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी एवं स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो।

पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ

अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।

‘पूर्वराजाले चीन–भारत होइन नेपाली जनताको बीचमा नै राजसंस्थाको वकालत गर्नुपर्छ’

हाम्रो पार्टी नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिलाई परास्त गर्न र हराएको नेपाल राष्ट्र खोज्ने तथा लुकाईएको नेपाल खोस्ने लगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

आमाको जन्मोत्सव मनाउन पूर्वराजा स्वदेश फर्कंदै

पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै दुई साता लामो विदेश बसाइपछि शुक्रबार स्वदेश फर्कने भएका छन्।

पूर्वराजाले जन्मदिन मनाए

आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य तयारी गरिएको छ। बुधबार बेलुका पौने ६ बजेतिर श्रीएअरको विमानबाट पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ पूर्वा राजा ज्ञानेन्द्रले पूजा पाठ गरेका हुन्।

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएकोमा चिन्ता व्यक्त गर्दै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

पूर्वराजा-योगी आदित्यनाथ भेटको अर्थ

पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पश्चिम नेपालका तराईका जिल्ला भ्रमणमा गएका शाह सडकमार्गबाट लखनउ पुगेर आदित्यानाथलाई भेटेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

बागेश्वरी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन

पश्चिम क्षेत्रको भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार नेपालगन्जस्थित बागेश्वरी मन्दिर दर्शन गरेका छन्। राजसंस्था हटेपछि बागेश्वरी मन्दिर दर्शन गरेको यो दोस्रो पटक हो। करिव ९ वर्षअघि पनि उनले मन्दिर दर्शन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्