१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

इन्दु बर्मालाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ।

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबिच खेलाडीहरूलाई बिदाइ गरेका हुन्।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।

ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

स्वदेश फर्केको टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका छन्।

ट्वान्टी-२० शृंखला खेल्दै नेपाली महिला टोली

आइसिसी ट्वान्टी-२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार राष्ट्र सम्मिलित ट्वान्टी-२० शृंखला खेल्ने भएको छ।

एसियाली खेलकुदको लागि क्रिकेट टोलीको टुंगो लाग्यो

चीनको हान्झोउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको नाम सार्वजनिक भएको छ।

बलियो प्रतिद्धन्द्धी भारतसँग खेल्दै नेपाली महिला क्रिकेट टोली

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।

महिला क्रिकेट टोलीको घोषणा

हङकङमा आयोजना हुने एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली महिला टोलीको घोषणा गरेको छ।

महिला क्रिकेट टोलीको अग्रता

एक सय ११ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित ओभर खेल्दा मात्र चार विकेट गुमाए पनि जित भने निकाल्न सकेन।

राष्ट्रिय वाणिज्य बैंकद्वारा खेलाडी तथा अफिसियललाई सम्मान

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई एक कार्यक्रमको बीच सम्मान गरेको छ।

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्