१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्। यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन्। इन्दु उपकप्तान हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशसम्मिलिन महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला अगाडि नयाँ कप्तान चयन गरेको हो।

उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ। क्यानले बिहीबार शृखलाका लागि १४ सदस्यीय टोली घोषणा पनि गरेको छ। पूर्व कप्तान रुबिना क्षेत्रीसहित  टोली घोषणा गरिएको हो।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान) ,सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का, रुबी पोदार छन्।

प्रकाशित: २३ कार्तिक २०८० ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App