२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिसिलाः क्रान्तिकारीदेखि प्रथम महिलासम्म

मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी कुरा सोच्दा लाग्छ. यसको नेतृत्व पंक्ति उच्च आदर्श र नैतिकताले भरिएका होलान् !

सम्झौता

उफ्, यो माया भन्ने जिनिसमा पनि कति समस्या आउने। किन होला ? आफूले मन पराएकोसँग खुरुक्क विवाह नहुने। उता आभासलाई आनन्द छ। यता मलाई किन यति गाह्रो ? छोरी मान्छेको समयमै विवाह भएन भने गाह्रो हुन्छ रे। त्यसैले होला, बाबाआमाले मेरो विवाहका लागि धेरै नै जोड दिनुभएको। मनभित्र द्वन्द्व चर्किरहेको थियो। एक मनले त आभाससँगको सम्बन्धबारे आमाबाबालाई भन्दिउँजस्तो लागिरहेको थियो, म ऊबिना आफ्नो भविष्यको कल्पना पनि गर्न सक्दिनँ भनेर ।

कस्तो जादु हो यो पैसाको !

आफ्नो पराई नचिनाउने रैछ पैसा, सबैमा हेला, प्यारो बनाउने पनि पैसा! जन्मदा , मर्दा, हिँड्दा, बस्दा छोडेर अब त दिसापिसाब गर्न पनि पैसा। कस्तो जादुगरी हो यो पैसाको संसारमा, जे गरे पनि कमाउनुपर्ने नै हो रे पैसा पैसा नभए हुँदैन कहीँ आराम अनि ऐस। कस्तो जादु हो यो पैसाको।

केनिथको विशेष बगैंचा

साँच्चै गजबको छ मेरो साथी केनिथको बगैंचा! साँच्चै सबैथोक छ उसको त्यो बगैंचामा तर त्यो बगैंचा आनन्द लिंदै हेर्ने केनिथसँग समय छैन। धेरै तलब दिने जागीर भएकाले केनिथले अर्को शहरहरूमा पनि बराबर गइरहनुपर्छ। हप्ता दुई हाप्तामा एक दिन मात्र केनिथ यो घरमा बस्न पाउँछ र त्यो बगैंचाको आनन्द लिन सक्छ।

घामपानीमा इन्द्रेनीको रङ मन पर्छ

मलाई पनि भन्दै आउँछ कापीकलम देऊ, क ख पढ्छु ,लेख्छु म नि भन्दै मेरो छेउ। मायालाग्दो मुहार उसको सबको हाईहाई, माया गर्छ मलाई पनि मेरो सानो भाइ। तोतेतोते बोल्छ ऊ माया सम्मान सबैलाई, नानी जस्तो आँखाको यो मेरो सानो भाइ।

मान्छे

उनीहरू मन्दिर पुगे। मन्दिरको प्रवेशद्वारदेखि नै लामबद्ध बसेका माग्नेहरू सबैलाई रिताले एकएक मुठी चामल दिँदै गइन। छोरालाई पनि माग्नेलाई चामल देऊ बाबु भनिन्। ‘नाइँ म त दिन्न यो चामल । पैसा दिने भए मात्रै दिन्छु।’ छोराले भन्यो। पूजा गरे सकेर घर फर्कदै गर्दा छोराले बालसुलभ जिज्ञासा राख्यो “मामु ती माग्नेहरू हामीजस्ता मान्छे होइनन् ?”

चङ्गा बनिनन् चैती

साहुनीको व्यवहार उसलाई निको लागेन। यसरी थुनिएर बस्नुपर्दा उसलाई रातभर निद्रा परेन। किताब पढेरै समय बिताई। एउटा किताबमा आफूजस्तै सानी केटीलाई दिनभर काममा लगाएको र पढ्न नपाएको कथा पनि रहेछ। उसलाई त्यो आफ्नै कथाजस्तो लाग्यो। कथाको अन्त्यमा केटीले विद्यालय जान पाएको कुरा थियो । यसले चैतीको मन फुरुङ्ङ भयो । साँच्चै उसले आफूलाई चङ्गा सम्झी र उडाउने धागो पाएको अनुभूति गरी ।

राउटे युवाको कथा उपन्यासमा

समाजशास्त्रका अध्येता तथा शिक्षा क्षेत्रमा कार्यरत वाग्लेको उपन्यासमा मानव जीवनका अनेक आयामलाई फरक शैलीमा केलाइएको छ। पुस्तकले साहित्य र शिक्षाका साथसाथै आममानिसलाई आशा र सफलतातिर उन्मुख गराउन मोटिभेसन पनि गराउने छ ।

उज्यालो

फेरि अर्को सूर्योदयको प्रतीक्षामा सङ्लो आकाशको खोजी हुन्छ एउटा निस्पट्ट अँध्यारोपछि नै एक मुठी उज्यालोमा सुन्दर मुस्कान भरिएको बिहानी अलिकति खुसीको खोजीमा हिंड्न खोज्छ यो मन।

परिष्कार परिष्कृत

सूर्योदयभन्दा अगावै पुज्नु छ मैले मेरा देवता। स्नान गर्छन् सबै प्रायः पूजाअघि म गर्दछु स्नान सधैँ पूजापछि फलफूल, धुपदीप, प्रसाद चढ़्दैनन् पूजामा मेरा । न पहिरिन्छु सुकिला सफा वस्त्र न लिँदछु कनै व्रत–उपवास परिष्कृत भक्त हुँ म परिष्कार हुन् मेरा देवता।

गिट्टी कुटिरहेकी बालिका

यो युगभन्दा भिन्न यो आधुनिकताभन्दा भिन्न गिट्टी कुटिरहेकी बालिका गिट्टी थोरै र गिट्टीभन्दा धेरै आफ्नो लेख्दै नलेखिएको जन्मकुण्डली कुटिरहेकी हुन्छे उज्यालोसम्म पुग्ने सम्भावनाका धमिला धर्काहरू मेटिरहेकी हुन्छे ।

हत्या–स्मृति

त्यत्तिकैमा स्कुले झोला बोकेर उनीहरूको ६ बर्से छोरा विवेक टुप्लुक्क आइपुग्यो। उसले आमासित लाडिँदै भन्यो, ‘आज हितेशकी बहिनी स्नेहाको बर्थ डे। मलाई पनि हितेषको जस्तै बहिनी चाहिन्छ क्या ।’

मेनपावरमा लाग्ने लाम अब छुट्नुपर्छ

गर्दा के हुँदैन ? मन, वचन र कर्मले, भ्रम जति मस्तिष्कको अब भुट्नुपर्छ। भरौ सिर्जनाका रङहरू देशको मुहार फेर्नु, मेनपावरमा लाग्ने लाम अब छुट्नुपर्छ। एक जुगमा एकदिन एकचोटि ल्याउनुलाई पसिनाको मूल यो माटोमा अब फुट्नुपर्छ।

बैंसको फूल

थालियो कर्मको बत्ती बालियो। बिपना बैंसको फूल सपना। सिंदुर अदेख शोभा सुदूर। जूनको शीतल छाया उनको। हजुर सबैको बनौं गजुर।

यमभीड

उसै त अँगारझैं कालो अनुहार त्यसमा पनि रिसले चुर परेका यमराजले कड्किदै भन्यो – मास्क लगाए पनि नलगाए पनि सब्जी मण्डी, सपिङ सेन्टर, जात्रामेला, भोजभतेर अनि जुलुस आदिमा भीड नगर्नू त्यो गर्नु आत्महत्या हो भन्दाभन्दै नमानेर भीड गर्नु कोभिड फैलाएर आफू र आफन्तलाई सार्नु आत्महत्या हो। आत्महत्या महाअपराध हो, बुझ्यौ ? हजुरबा ! हजुरबा ! यो कथा अनुसार कोभिड १९ को सट्टा यमभिड ७६ नेपाली नाम राखे कसो होला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्