२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

केनिथको विशेष बगैंचा

छोटोकथा

विश्वराज अधिकारी

 

न्युयोर्क शहरको बासिन्दा मेरो साथी केनिथ कोपलैन्डको घर पछाडिको बगैंचा उसले विशेष किसिमले बनाएको हो।  

उसले त्यो बगैंचा खास किसिमले सजाएको पनि छ।  त्यहाँ  सबै थोक छ। किसिमकिसिमका राम्रारामा फूलहरू छन्। ती अनेक रङ्गका छन्। सुगन्धित पनि उत्तिकै छन्। फूलहरू माझ एकछिन बस्दा पनि स्वर्गीय आनन्द प्राप्त हुन्छ।  

त्यो बगैंचामा दुईतीनवटा हेमेक छन्। एउटा ठूलो ट्री हाउस पनि छ। त्यो ट्री हाउसमा आठदस जना राखेर पार्टी पनि गर्न सकिन्छ। तलका घाँसहरूलाई मल हालेर अति नै हरियो पारिएको छ। समान किसिमले ती घाँसहरू काटिएको हुनाले लाग्छ त्यो बगैंचामा हरियो कार्पेट ओछ्याइएको होस्।

त्यो  बगैंचामा रुख तल बस्नका लागि कलात्मक किसिमले बनइएका सुन्दर केही मेचहरू पनि छन्। रुखहरूमा चराहरूलाई खानाका लागि विशेष खानेकुरा झुन्ड्याएको छ। चराहरू आउँछन, भाँडामा राखिएको खानेकुरा खान्छन्। विभिन्न किसिसका स्वरहरू ती चराहरूले झिक्दा लाग्छ त्यहाँ कुनै संगीत कार्यक्रम भएजस्तो।

न्युयोर्क शहरभरिमा नै केनिथको जस्तो बगैंचा कम संख्यामा छन्।

साँच्चै गजबको छ मेरो साथी केनिथको बगैंचा! साँच्चै सबैथोक छ उसको त्यो बगैंचामा तर त्यो बगैंचा आनन्द लिंदै हेर्ने केनिथसँग समय छैन। धेरै तलब दिने जागीर भएकाले केनिथले अर्को शहरहरूमा पनि बराबर गइरहनुपर्छ। हप्ता दुई हाप्तामा  एक दिन मात्र केनिथ यो घरमा बस्न पाउँछ र त्यो बगैंचाको आनन्द लिन सक्छ।

प्रकाशित: १९ असार २०७८ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App