९ मंसिर २०८१ आइतबार
image/svg+xml

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् ।

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन बु्रमर सञ्चालनमा ल्याइएको छ। ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए।

बोल्यो कि पोल्यो

धुलो, धुवाँ र प्रदूषणका कारण काठमाडौँमा मास्कले मुख छोप्नेको संख्या निरन्तर बढे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुनुअगाडि काठमाडौँका आधा जनसंख्याले मास्क लाउँथे, अहिले कसैले लाउँदैनन्’ भन्दिए केही दिनअघिको एउटा कार्यक्रममा। त्यसबाट उत्पन्न विवाद सेलाउन नपाउँदै गत हप्ता उनले फेरि ‘(मास्क त लाएका हुन् तर प्रदूषण भएकोले होइन) मेरो रीस वा विरोध गर्न लाएका हुन्’ भने।

'हामीले आश्रय दिएर हुर्किएका कम्युनिष्टले हाम्रै अपमान गर्ने'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए।

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

चर्को गर्मीका कारण हावा खानका लागि झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजारका रजनीकान्त झाले झ्याललाई फिक्स (सधैंका लागि बन्द) नै गरेका छन्। ‘हावा खान भनेर झ्याल खोल्नेबित्तिकै धुलोको मुस्लो छर्छ, धुलो खानुभन्दा त बरु गर्मी नै सहन बेस ठानेर झ्यालमा नखुल्ने गरी किला ठोकिदिएको छु,’ पूर्व प्रधानाध्यापकसमेत रहेका झाले गुनासो गरे, ‘वर्षदिन अगाडि सुरु भएको खोकी र घाँटीको खसखस अझै बिसेक भएको छैन, सडक कालोपत्रे नहुँदा सवारीसाधनले उडाएको धुलोले हरिबिजोग बनाएको छ।’

धुलो नियन्त्रणको माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा उड्ने धुलोका कारण सर्वसाधारणलाई श्वास लिन पनि समस्या देखिन थालेपछि धुलो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको वडा नं. २ का  जनप्रतिनिधिले आन्दोलन सुरु गरेका छन्।

धुलाम्मे मन्थली, सास फेर्नै सकस

बढ्दो गर्मीसँगै उड्ने धुलोले मन्थलीवासी आजित बनेका छन्। अत्यधिक धुलोका कारण महामारी फैलने स्थिति बन्दा पनि स्थानीय जनप्रतिनिधिमा भने कुनै चासो र चिन्ता देखिँदैन। सडकभरि धेलैधुलो, त्यसमाथि सवारीसाधनको अत्यधिक चाप र तीव्र गतिको हँकाइ, यतिबेला सदरमुकाम मन्थली बस्नयोग्य नभएको अनुभूति हुने गरेको सर्वसाधारण बताउँछन्। यस्तो अवस्थामा पनि मौन बसेको भन्दै सर्वसाधारणको आरोप खेपिरहेको नगरपालिका भने स्रोतसाधन र जनशक्ति नहुँदा समस्या निम्तिएको भन्दै पन्छिने गरेको छ।

सडक विस्तारको उपहार: धुलो र हिलो

धेरैले सोच्लान् सडक फराकिलो भएपछि सुविधा हुन्छ र खुसी आउँछ। तर, भक्तपुरमा भने ठ्याक्कै उल्टो भएको छ। पहिला बाटो फराकिलो नभएको बेलामा बाटो साँघुरो भएर अलिअलि मात्र जाम हुने समस्या थियो। अहिले त दिनदिनैको ‘धुलोको बाढी’ले स्थानीय हैरान भएका छन्।

धुलो र सवारी जामले सास्ती

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–रसुवागढी सडकमा धुलो व्यवस्थापन नहुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। निर्माण हुँदै गरेको सडकमा अत्यधिक धुलोे उड्ने गरेका कारण सडक प्रयोगकर्ता यात्रुसहित छेउछाउका स्थानीय आजित बनेका छन्। धुलोेले त्यस क्षेत्रमा चल्ने सवारीसाधनका चालक, यात्रु तथा सडक वरपरका स्थानीयको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ।

त्यो गुराँसे माला

काठमाडौंको कोलाहल। धुवाँधुलो। बिहान कलेज आएपछि फेरि समाचारका लागि रिपोर्टिङमा कुदाकुद। कहिलेकाहीँ बाहिर घुम्न पाए हुन्थ्यो नि ! भन्ने सोचिरहेको थिएँ। नभन्दै कुटुम्ब कलेजबाट शैक्षिक भ्रमण जाने सल्लाह भयो। ठाउँ पनि पोखरा, लुम्बिनी, पाल्पा, लम्जुङ। अहो ! ठाउँ सुन्दै कहिले पुगौंला भन्ने लाग्यो। राति सुत्दा समेत रमाइलो गर्ने योजना बनाउने गर्थें म। फागुन २० गतेबाट हाम्रो घुमफिर सुरु भयो। स्नातक तह प्रथम वर्ष र दोस्रो बर्ष गरी १८ विधार्थी, सामाजिक कार्य विषयका शिक्षक लोकनाथ दुलाल र अंग्रेजी विषयकी शिक्षिका मेमलत्ता नेपाल गरी २० जना थियौं।

विपरीत वायु

धुवाँधुलोलाई हाम्रा निकायहरूले ठूलो समस्या मानेको देखिँदैन। सडक खनेर असरल्ल छोडिदिँदा वर्षौंदेखि काठमाडौँ धुलोको राजधानी बन्न पुगेको छ। त्यसैले अचेल काठमाडौँको नामै परिवर्तन गरेर अखबारहरूले नाम राख्न थालेका छन्– ‘डस्टमान्डू’ अर्थात् ‘धुलेमाडौँ’। पानी परेपछि हिलैहिलो। अरु बेला धुलैधुलो। यही हो– काठमाडौँको नियति। राजधानी काठमाडौँका घरहरू यहाँ उडिरहेको धुवाँ र धुलोका कारण छोपिएका छन्। सुन्दर पहाडले घेरिएको यो उपत्यकाको दृश्य धुवाँधुलो बाक्लो पत्रभित्र निसासिरहेको छ। पहाडका तरेलीहरू प्रदूषणले छट्पटाइरहेका छन्।

सरकारलाई कांग्रेसको प्रश्न : पानीजहाज नआएसम्म हिलो र धुलोबाट त्रस्त भइराख्नुपर्ने हो?

नेपाली कांग्रेसकी सचेतक एवं सांसद पुष्पा भुसालले हिलो र धुलो व्यवस्थापन गर्न माग गरेकी छिन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले हिलो र धुलोबाट नागरिकहरु त्रसित रहेका बेला दुईतिहाइ बहुमतको सरकार मस्तसँग सुतिरहेको आरोप लगाइन।

‘दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं’

जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडामा समस्या नै समस्याको चाङ थियो। जता हेर्‍याे त्यतै समस्या नै समस्या थियो। निर्वाचित भएर आएसँगै जनताको समस्यालाई पहिलो चरणमा प्राथमिकतामा राखेर काम सुरुवात गर्न थाल्यौं। २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अस्तव्यस्त र लथालिंग अवस्थाबाट गुज्रिदैं आइरहेको थियो। त्यसैले हामीसँग भएको सीमित स्रोतसाधनको अधिकत्तम उपयोग गर्दै काम गरिरहेका छौं।

‘केही समयमै काठमाडौंलाई धुलोरहित बनाउँछौं’

जननिर्वाचित भएसँगै दिनरात नभनी जनताको सेवामा सक्रिय छु। निर्वाचित हुनेबेला मेलम्ची खानेपानी आयोजनाका कारण सडकमा जताततै खाल्डाखुल्डी थिए। तर, मैले जिम्मेवारी सम्हालेलगत्तै खाल्डाखुल्डी पुरेर सडक व्यवस्थित बनाएका छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्