११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन्।

१५ लाख बुस्टर डोज नेपाल ल्याइदै

पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ।

स्वास्थ्य मन्त्रालयले भन्यो: कोरोनाविरुद्धको बुस्टर डोज लगाउनू

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्।

पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ८३ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ।

पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी कोरोना संक्रमित

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।

पर्यटकीय सिजनः सोधपुछ भयो, बुकिङ आएन

कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुई वर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्।

खाद्यले दसैंमा दुई हजार खसीबोका किन्ने, च्याङ्ग्राबारे टुंगो छैन

कोरोना भाइरस संक्रमण सुरु भएपछि कोरला नाकामा मेला लागेको छैन। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सीमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो।

'बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ'

'अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ। महापुरुषमा यी दुवैको मिश्रण छ। यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ',

थप ६३ जनामा सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि

पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप १०४ जना सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण आज एक सय चार जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

थप २२७ जनामा कोरोना संक्रमण पुष्टि

मन्त्रालयका अनुसार एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको छ।

थप ३ सय जनामा संक्रमण पुष्टि, ३ लाख ५९ हजार बढीले कोरोनाविरुद्धको खोप लगाए

एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत छन्। हाल सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ५७ जना छ। यस्तै आज कोरोना भाइरसको संक्रमणबाट कसैको पनि निधन भएको छैन। हाल पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्