१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५  जना संक्रमित भएका हुन्।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुई करोड ४६ लाख  ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ। दैनिक संक्रमितहरुको संख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ। अघिल्लो दिन १४ हजार एक सय ६८ जना संक्रमित भएका थिए।

अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको संख्या ३० हजार तीन सय तीन रहेको थियो। अहिले संक्रमित अवस्थामै रहेका मध्ये चार सय एक जना गम्भीर अवस्थामा रहेका छन्। यो संख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ। दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ।

योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको संख्या २८ हजा दई सय ७२ पुगेको छ। विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।  

प्रकाशित: ११ आश्विन २०७९ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App