१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

डा.केसीको समर्थन गर्दै खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौथो दिन पनि जारी छ। चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको हो।

अदालतसामु माफी माग्न डा.केसीलाई मोर्चाको आग्रह

मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाले डा. गोविन्द केसीलाई जनताका बीचमा माफी माग्न आग्रह गरेको छ। रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई माफी माग्न आग्रह गरेको हो।

डा.केसी र संघीयता

डा. केसी आफ्नो चरित्र र आफ्ना वैचारिक अडानमा स्पष्ट देखिँदै आएका छन् । उनका लागि घर–परिवार भन्नु राष्ट्रका जनता हुन् र उनको सर्वस्व राष्ट्रकै निम्ति समर्पित छ । यसैले उनी जति स्पष्ट छन्, त्यति नै निर्भीक छन् । तर यहाँ रातारात जनताको आँखामा छारो हालेर राष्ट्रिय सम्पदाको दोहन गर्न पल्केको भ्रष्ट माफियातन्त्रका लागि डा. केसीको पारदर्शिता र उनको स्वच्छ छवि आँखाको कसिङ्गर बनेको छ।

सरकार र डा.केसीबीच पाँच बुँदे सहमति, अाज अनशन ताेड्दै

मेडिकल शिक्षा सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसी र सरकारबीच पाँच बुँदे सहमति भएपछि डा. केसीले शनिवार बिहान १० बजे अनसन तोड्ने भएका छन् । शुक्रवार साँझ सुरु भएको वार्ता मध्यरातअघि सहमतिमा पुगेको छ ।

निर्वाचन अायाेगलाई कानुनी अप्ठ्याराे परे डा.केसीसँग सोध्नु: अोली

बै‌ंकक जानु अघि ओलीले भने, ‘निर्वाचन आयोग विभिन्न प्रकारका दवावबाट व्ल्याकमेलिङ भएको सुनिन्छ । कति साँचो हो उहाँहरुले जान्नुपर्दछ । अथवा यदि उहाँहरुलाई कानुनी कुरामा नै अप्ठ्यारो लाग्यो भने गोविन्द केसीसँग सोधेपनि हुन्छ । गोविन्द केसीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ।’

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेका कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागी भए । डा.केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिक दायित्व भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन, सांसदसमेत सहभागि

अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए ।

डा.केसीको गिरफ्तारीप्रति प्रधानमन्त्री रिसाए, केसीका समर्थकले माइतीघरमा प्रदर्शन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा रिसाएका छन् ।डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रिसाएका हुन् ।

डा.केसीले दिए गगन थापालाई जितको शुभकामना (भिडियो)

चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्।

डा.केसीले भने: राष्ट्रपति ज्यू! चिकित्सा शिक्षा अध्यादेशबारे सूचना चाहियो

चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशबारे सूचना माग्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्।

डा.केसीद्वारा वार्ताटोली गठन

नेपालमा चिकित्सा शिक्षा, स्वास्थ्यमा आमुल सुधार तथा देशमा संस्थागत बन्दै गैरहेको बेथिति र नीतिगत भ्रस्टाचार अन्त्यका लागि तेर्हौ पटक आमरण अनसन बसेका डा.गोविन्द केसीले प्रथम चरणमा ५१ सदस्यीय बार्ता टोली गठन गरेका छन्। सरकारले सचिब स्तरीय ३ सदस्यीय बार्ता टोली गठन गरे लगत्तै डा.केसीले आफ्नो तर्फबाट वार्ता टोली गठन गरेका हुन्।

डा.केसीसँगको सहमति लत्याउँदै चिकित्सा शिक्षा विधेयक पारित गर्न तीन दल एकठाउँ

केदारभक्त माथेमा कार्यदलको सिफारिस र डा.केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गर्न प्रमुख दल एक ठाउँमा उभिएका छन्। सम्बन्धनको पर्खाइमा रहेका कलेजलाई बाटो खोल्न प्रमुख दुई दल एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिएसँगै अप्ठेरोमा परेको सरकार नेतृत्वकर्ता कांग्रेस पनि विधेयक पारित गर्ने कुरामा लचिलो देखिएको छ।

डा.केसी अचानक अनसन बस्दै

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्र्दै संघर्षरत डा.गोविन्द केसी सोमबार ११ बजेदेखि अनसन बस्ने भएका छन्। मेडिकल माफिायाको चलखेलमा चिकित्सा विधेयक पारित गर्ने सुइँको पाएपछि उनले आजै ११ बजेदेखि अनसन बस्ने निर्णय गरेका हुन्।

डा.केसी अस्पताल भर्ना

‘डिस्चार्ज लिएर’ बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा.गोविन्द केसी स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं फर्किएर अस्पताल भर्ना भएका छन्। आइतबार साँझ फर्किएसँगै ‘सिभियर’ पेटको दुःखाइपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा डा.केसीको जीवनरक्षाको माग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्