१२ मंसिर २०८१ बुधबार
image/svg+xml

डा.केसीका मागमा सम्पादकहरुको ऐक्यबद्धता

मुख्य मिडियाका सम्पादकहरुले डा.गोविन्द केसीलाई भेट गरी उनका मागप्रति ऐक्यबद्धता जनाएका छन्। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरे, सेतापाटी डट कमका प्रधान सम्पादक अमित ढकाल, बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधान, साप्ताहिक खबरपत्रिका हिमालका सम्पादक किरण नेपालले टिचिङ अस्पताल पुगेर अनसन बसिरहेका डा.केसीका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।

डा.केसीका माग फास्ट ट्र्याकबाट सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

चिकित्सा शिक्षा सुधारको माग राखी १९ दिनदेखि आमरण अनसरत डा.गोविन्द केसीका माग पूरा गरी आजै अनसन तोडाउन प्रधानमन्त्री शेबरहादुर देउवाले सरोकारवाला निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसहितलाई बालुवाटार बोलाएर उनले फास्ट ट्र्याकबाट माग पूरा गरी आजै अनसन तोडाउन निर्देशन दिएका हुन्।

फेसबुक ग्रुपको अगुवाइमा डा.केसीको पक्षमा रिले अनसन (भिडियो)

चिकित्सा शिक्षा सुधार माग राखेर  डा.गोविन्द केसीले आमरण अनसन सुरु गरेको १८ दिन भयो। उनको समर्थनमा चिकित्सा क्षेत्रका विभिन्न संघसंस्था आन्दोलित छन्। माइतीघर मण्डलामा युवाको एउटा समूह डा.केसीका मागमा ऐक्यबद्धता जनाउँदै १३ दिनदेखि फरक आन्दोलन चलाइरहेको छ। फेसबुकको एउटा ग्रुपको अगुवाइमा त्यहाँ रिले अनसन जारी छ।

डा.केसीको जीवन बचाउन संसदीय समितिको निर्देशन

संसदको सामाजिक न्या तथा मानवअधिकार समितिले १८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए।

डा.केसीको समर्थनमा भरतपुरमा रिले अनशन सुरु

मेडिकल शिक्षामा सुधारमा माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा बुधबारबाट भरतपुरमा रिले अनशन सुरु भएको छ। डा.केसीले साउन नौ गतेदेखि अनशन सुरु गरेका हुन्। उनले अनशन सुरु गरेको यो एघारौं पटक हो। स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग पुरा गर्ने बारेमा ध्यान नदिएको भन्दै भरतपुरमा रिलो अनशन सुरु भएको हो।

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

१६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

डा.केसीको माग विधिसम्मत छ : पूर्व प्रधान न्यायाधीस कार्की

पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीले डा गोविन्द केसीले उठाएकोे माग विधिसम्मत भएको बताएकी छिन् । डा. केसीको समर्थनमा आयोजित र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै उनले यो लडाई विकृति विरुद्धको पनि भएकाले आम जनताको पक्षमा रहेको बताइन्।

डा.केसीद्वारा ११ औं अनसन सुरु, चिकित्सा शिक्षा ऐन मुख्य माग

मेडिकल क्षेत्र सुधारका लागि प्रयासरत डा.गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित र त्रिवि पदाधिकारी बर्खास्त गर्नु पर्नेसहितका माग राखेर अनसन सुरु गरेका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इएनटी बिल्डिङ, तेस्रो तला लबीमा भेला भएका सञ्चारकर्मीबीच आफ्ना माग पढेर सुनाउँदै उनले अनसन थालेका हुन्।

२२ औं दिनमा डा.केसीको अनसन अन्त्य, एमबीबीएस शुल्क बैंकमार्फत्

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीले २२ औं दिनमा आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखेर अनसनरत उनले भूकम्पपीडित एक बालकको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्।

डा.केसीका मागप्रति मुख्य मिडियाका सम्पादकहरुको ऐक्यबद्धता

मेडिकल क्षेत्रका बेथितिविरुद्ध आमरण अनसनरत अनसरत डा.गोविन्द केसीका मागप्रति देशका मुख्य मिडियाका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन्।

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

चिकित्सा शिक्षामा सुधारको माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको मागको समर्थनमा सोमबार बिहान भरतपुरमा चिकितसकहरुले र्‍याली र सभा गरेका छन्। अनशन बसेको लामो समय हुँदा पनि सरकारले मागको सम्बन्धमा ठोस कदम नचालेको हुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतवानी चिकित्सकहरुले दिए।

डा.केसीले फेरि अनसन थाले (विज्ञप्ति सहित)

डा.गोविन्द केसीले आइतबारदेखि पुनः अनसन सुरू गरेका छन्। बरिष्ठताका आधारमा डिन नियुक्त नगरे २४ घन्टाभित्र अनसन सुरु गर्ने चेतावनी दिँदै आएका केसीले आइतबारदेखि दशाैं पटकको अनसन थालेका हुन्।

डा.केसी रोल्पाको सुलिचौरमा, तीन सय बढीको उपचार

रोल्पा—चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा.गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ।

डा.केसी समर्थकद्वारा हिरासतमै निर्जल अनसनमा सुरु

काठमाडौं- प्रहरी दमनको बिरोध गर्दै हिरासतमा रहेका सबैद्वारा हिरासतमै अनसनको घोषणा गरेका छन्। डा. गोविन्द केसीको समर्थनमा अख्तियार मुख्यालय घेराउ गर्न गएका केसीका समर्थकलाई प्रहरीले चमर दमन गर्दै १० जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्