३ मंसिर २०८१ सोमबार
image/svg+xml

लहानमा बस दुर्घटना, ३१ यात्रु घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ४ मा शुक्रबार यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ।

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते

महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा परी बृद्धको मृत्यु

उदयपुरमा सोमबार दिउँसो ट्याक्टर र मोटरसाईकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा एक बृद्धको मृन्यु भएको छ। त्रियुगा नगरपालिका १४ साउनेदेखि धाब्लाङ जाने सडक खण्डमा मोटरसाइकल ट्याक्टरमा ठोक्किन पुग्दा पछाडि सवार ६० वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा एक जनाको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो।

एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते

आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ बाह्रघुम्तीमा एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते हुनेमा मकवानपुर लामिटार–३ का ३५ वर्षीय चालक बिबेक मोक्तान, १५ वर्षीय उमेश घलान, ३३ वर्षका समिर बजुँ र रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ का ४० वर्षीय इनअफ स्याङ्तान रहेका छन्।

बजारबीचमै दुर्घटनाग्रस्त क्षेत्र

खोटाङ दिक्तेलको अल्छेढुंगातर्फबाट रड बोकेर अम्बागाछीतर्फ जाँदै गरेको को१त ८०१७ नम्बरको ट्याक्टर शुक्रबार दिक्तेलको भवनगैराको ओरालो सडकमा झन्डै दुर्घटनामा पुगेन। घुम्ती नपुग्दा सीधै सडकमुनि खस्न लागेको ट्याक्टर डिलमा पुगेर मुस्किलले अडियो। ‘ट्याक्टर पल्टिन लागेको’ भन्दै कोकोहोलो मच्चिँदा डिलमुनिका मान्छेको भागाभाग भयो।

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

अछाममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएकी एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ। कमलबजार नगरपालिका वडा नम्बर १ की साढे २ बर्षीया तुलसी माझीको उपचारको क्रममा मृत्यु भएको हो

‘काठमाडौंका मान्छेका हड्डी कमजोर’

कुनै दुर्घटनामा पर्दा वा चोटपटक लाग्दा हाम्रो शरीरका हड्डी भाँचिने, टुक्रिने गर्छन्। साथै हाडजोर्नीमै पनि विभिन्न रोग लागेर हामी हैरान हुन्छौं।

मालढुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँचको सनाखत

म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेकाे यात्रुवाहक बस मालढुङ्गामा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट बराहपोखरीको बंशिलाघाटतर्फ जाँदै गरेको को २ त ६१७४ नम्बरको ट्याक्टर पल्टिँदा उदयपुर चौदण्डीगढी नगरपालिका ७ का २२ वर्षीय टंक श्रेष्ठको मृत्यु भएको हो। उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए।

पर्वतमा बस दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे

पर्वतमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। २० जना घाइते छन्। घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

लायन एयरको दोस्रो ब्ल्याक बक्स भेटियो

इन्डोनेसियामा गत वर्षको अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयर विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको अधिकारीहरुले बताएका छन्। उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याक बक्सले सहयोग पुग्ने बताइएको छ।

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

इरानको राजधानी तेहरान नजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा सवार १५ जनाकाे मृत्यु भएकाे छ भने एककाे जिवितै उद्धार गरिएकाे छ।

कृत्रिम खुट्टाले दिएको खुसी

तीन वर्षअघि सडक दुर्घटनामा एउटा खुट्टा गुमाएकी पाँच वर्षीया बालिकाले कृत्रिम खुट्टा पाइन्। खुट्टा पाएकी उनी राजधानीको नर्भिक अस्पतालको हाताभित्र यताउता हिँडिन्। आफ्नो हिँडाइ देखेर उनी खुसी भइन्। उनीसँगै उनका आफन्तहरु पनि खुसी भए। उनलाई काठमाडौंको नर्भिक अस्पतालमा आयोजित एक कार्यक्रममा जयपुर फुट तथा लिम्वले निःशुल्क कृतिम खुट्टा प्रदान गरेको थियो।

धादिङमा बस दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङमा दुर्घटना भएको छ। बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्