१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

महङ्गी र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।

पाइपलाइन निर्माण चाँढै अघि बढाउन बिहारका अधिकारीलार्इ भारतीय मन्त्रीकाे निर्देशन

वीरगन्ज– रक्सौल–अमलेखगन्ज नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्भाैतामा हस्ताक्षर गर्ने भारतीय मन्त्रीले नै उक्त अायाेजना निर्माणमा चासाे देखाएका छन्। भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त याेजनाकाे सम्झाैत पत्रमा हस्ताक्षर गरेका भारतकाे पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले निर्देशन दिएका हुन्।

कर्मचारीलाई बिदा नबस्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर प्राकृतिक विपत्ति आइरहेका बेला बिदा लिएर घरमा नबस्न सरकारी कर्मचारीलाई निर्देशन दिएको छ। प्रकोपलाई मिलेर सामना र सहयोग गर्नका लागि कर्मचारीलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए।

देउवाद्वारा नेविसंघ महाधिवेशन निर्देशन समिति गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाश शरण महतको संयोजकत्वमा नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन्।

लोकमानसिंह सहित सबै अख्तियार आयुक्तलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित सबै अायुक्तहरुलाई संसदको सुशासन तथा अनुगमन समितिले उपस्थित हुन निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकमा अख्तियार प्रमुख कार्कीले शक्ति र पदको चरम दुरुपयोग गरी मेडिकल माफियाको संरक्षक बनेको विषय गम्भीरतापूर्वक उठेको थियो।

डा.केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ।

सबै पूर्वपदाधिकारीलाई सुविधा नदिन निर्देशन

संसदको सुशासन तथा अनुगमन समितिले राज्यका पाँच प्रमुख पदमा पुग्ने पूर्वविशिष्ट कर्मचारीलाई मात्र सेवा–सुविधा दिन निर्देशन गरेको छ। पूर्वविशिष्ट कर्मचारीको सेवा–सुविधामा मनपरी भएको भन्दै अध्ययन गर्न बनेको उपसमितिलेे तयार गरेको प्रतिवेदन पारित गर्दै समितिले आइतबार यस्तो निर्देशन दिएको हो।

बलात्कारको घटनाबारे अनुसन्धान टोली गठन गर्न निर्देशन

काठमाडौँ– कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको एक समूहबाट एक अपाङ्ग महिलामाथि भएको बलात्कारको घटनाका सम्बन्धमा केन्द्रीय अनुसन्धान टोली गठन गरेर थप अनुसन्धान गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

तरकारी बजार व्यवस्थित गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ, २१ असार । आपूर्तिमन्त्री गणेशमान पुनले कालिमाटीको तरकारी उपभोक्ताको हित विपरीत रहेको भन्दै व्यवस्थापन र सरसफाइमा ध्यान दिन व्यापारीलाई निर्देशन दिएका छन्।

विपद व्यवस्थापनमा समन्वय गर्न निर्देशन

व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले प्राकृतिक विपद सामना गर्नका लागि छुट्टै केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले 'समन्वयात्मक विशेष कार्य सञ्चालन केन्द्र' स्थापना गर्न सरकारलाई निर्देश गरेको हो।

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन्। प्रथम युवा कृषि उद्यम सम्मेलनको साेमबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए।

उद्दार तथा राहतका लागि तयारी अवस्थामा रहन समितिको निर्देशन

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले बर्षायाममा हुने प्राकृतिक विपद् व्यवस्थापन गर्न समन्वयात्मक विशेष कार्य संचालन केन्द्र संचालन गर्न निर्देशन दिएको हो।

एनजिओका गतिविधि अनुगमन गर्न निर्देशन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत गैरसरकारी संस्थाका गतिविधि अनुगमन गर्न निर्देशन दिएको छ ।

निर्देशन नाघ्दै प्रवेश परीक्षा

ग्रेडिङ प्रणालीको परीक्षाबाट एसएलसी पार गरेका विद्यार्थीलाई प्रवेशपरीक्षा नलिई 'मेरिट' का आधारमा कक्षा ११ मा भर्ना लिन शिक्षा मन्त्रालयको निर्देशन प्लसटु सञ्चालकले अवज्ञा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्