१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

प्रहरीले अवैध घरेलु कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको छ। भारतको बहराइच जिल्ला मोतिपुर थाना बस्ने नानपारा ग्राम बलईगाउँ निवासी ३० वर्षीय जेहरुद्दिन जागालाई प्रहरीले पक्राउ गरेको हो।

पेस्तोल सहित तीन भारतीय पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रवार साँझ एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणी गरी फरार रहेका एक पक्राउ

जबरजस्ती करणी गरी फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक जनालाई पक्राउ गरेको छ।

बृद्धालाई दिसा छर्केको आरोपमा आमा–छोरा पक्राउ

बृद्धाको अनुहारमा उनकै दिसा छर्किदिएको आरोपमा उदयपुरका २ आमा–छोरा समातिएका छन्।

तीन बालिकालाई ललाईफकाई लैजादै गरेकी युवती पक्राउ

काम लगाई दिने बाहानामा तीन बालिकाहरुलाई लैजादै गर्दा एक युवती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका–७ तिनटीआँपबाट बुटवलतर्फ बालिका लैजादै गरेको अवस्थामा शर्मीला खत्री पक्राउ परेकी हुन्।

बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

चापाकोट नगरपालिका स्याङ्जाकी १३ वर्षीया बालिकालाई जवरजस्ती गरेको आरोपमा पाल्पाका युवा पक्राउ परेका छन्।

चोरी आरोपमा युवक पक्राउ

चोरी गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महोत्तरी गाउँपालिका–३ का सत्यनारायण पण्डितको घरबाट एक थान साइकल, पानी तान्ने मोटर ३ थान चोरी भएको र चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका–६ बाट पिपरा गाउँपालिका–८ का २० वर्षीय बिजयकुमार दासलाई पक्राउ गरेको छ।

घुस लिएको अभियोगमा प्रहरी सहायक हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।

५७ हजार नगदसहित ८ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालयले ५७ हजार नगद रुपैयाँ सहित ८ जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको बसपार्कवाट ४ जना र तातोपानी गाउँपालिकाको हाँकुवाट ४ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सिताराम रिजालले जानकारी दिए।

छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि दशैंमा घर आउँदा पक्राउ

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्तलार्इ प्रहरीले २९ वर्षपछि पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन्। जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो।

एक लाख नगदसहित पाँच जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले करिब एक लाख रुपैयाँसहित पाँच जना जुवाडे पक्राउ परेको छ। वीरेन्द्रनगर नगरपालिकाको बौद्धिक टोलबाट ९९ हजार ६५ रुपियाँसहित पाँच जुवाडे पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

जबरजस्ती करणीको अाराेपमा एक पक्राउ

जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ। स्थानीय २० वर्षकी एक युवतीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा इस्मा गाउँपालिका ३ का ३६ वर्षीय देवबहादुर सार्की पक्राउ परेकाे जिल्ला प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

टोखा नगरपालिकाका प्रशासकीय अधिकृत एक लाख घुस सहित पक्राउ

काठमाडौं जिल्ला टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदी घुस सहित पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्