१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए।

मदिरासहित एक भारतीय पक्राउ

प्रहरीले शनिबार सिरहा नगरपालिका–२१ लगडीगोठबाट दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारत तस्करी गरिरहेको १० कार्टुन मदिरा सहित १ जनालाई पक्राउ गरेको छ।

बीस वर्षपछि हत्या आरोपित वृद्ध पक्राउ

हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन्। खड्ग नगरपालिका–११ बनौलीका ७५वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ।

हतियार सहित ४ भारतीय र दुई नेपाली पक्राउ

रौतहट प्रहरीले चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ। गए राति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा एक थान म्याग्जिनसहित पक्राउ गरेको हो।

इन्स्टाग्राममा बच्चा बेचेको आरोपमा चार पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोग गरेर बालबालिका बेचेको अभियोगमा चार इन्डोनेसियाली नागरिक पक्राउ परेका छन्।

सुन भन्दै ठगी गर्ने २ पक्राउ

पहेँलो वस्तुलाई सक्कली सुन भन्दै ठगि गर्ने २ जना बुटवलमा पक्राउ परेका छन्। बुटवल बजारमा सक्कली सुन भन्दै नक्कली सुन बेच्ने गिरोहका दुई जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।

हतियार र लागूऔषधसहित दुई पक्राउ

झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

सीके राउत प्रहरी नियन्त्रणमा

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ।

धम्काएर रकम उठाएको अभियोगमा एक पक्राउ

व्यवसायीहरुलाई धम्काएर रकम उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

साढे चार किलो गाँजासहित दुईजना पक्राउ

धादिङको वेनिघाट रोराङ गाउँपालिका ४ रुदिन गाउँमा प्रहरीले साढे चार किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

क्षतिपूर्ति बापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रवार तीन जना कर्मचारीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्