१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

पत्रिका जलाउने पक्राउ

कैलाली – नागरिक दैनिक लगायत कान्तिपुर र अन्नपूर्ण पत्रिका जलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अत्तरियाका दुर्गा अधिकारी, मुन्ना बिक, धर्मानन्द नाथ र धर्म कुँवर रहेका छन्। उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढी ल्याएको छ।

नेपालगन्ज क्षेत्रीय छापाखानाबाट सुदूरपश्चिम प्रदेशका लागि ल्याइएको नागरिक दैनिक पत्रिका गत बुधबार बिहान कैलालीको अत्तरियामा चार जनाको समूहले नियन्त्रणमा लिइ जलाएका थिए। उनीहरुले नागरिक दैनिकसँगै कान्तिपुर र अन्नपूर्ण पत्रिका पनि जलाएका थिए। प्रहरीले पक्राउ परेकाविरुद्ध सार्वजनिक मुद्दा चलाउने बताएको छ।

 

प्रकाशित: १९ आश्विन २०७५ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App