मन्त्रीमण्डलमा रहेका सबै व्यक्तिहरुको सम्पत्ति छानविन गर्नुपर्छ: नेता गौतम
उनले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष ओलीलाई राजनीतिक महाभूकम्पका ‘योजनाकार’ र प्रधानमन्त्री दाहाललाई ‘पात्र’का रुपमा ब्याख्या गरेका छन्।
बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ।
नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी एकताका बेला आफू प्रधानमन्त्री भएको भए माओवादीले अघि सारेका सर्त अस्वीकार गर्ने र पार्टी एकता नहुने बताएका छन्। अखिल नेपाल किसान संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता गौतमले पार्टी एकताका बेला आफू प्रधानमन्त्री भएको भए पदबाट राजीनामा दिने तर माओवादी केन्द्रले अघि सारेका सर्त नमान्ने बताए।
नेकपा एमालेका नेता बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले ओलीको व्यवहार पार्टी एकताको पक्षमा नरहेको बताए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि अभियान नै सुरु गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि दुई चिरामा देखिएको नेकपालाई जोड्ने प्रयास स्वरुप गौतमले नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेका हुन्।
नेकपा नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद भंग गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर भए पनि पार्टी एकता जोगाउनु पर्नेमा त्यसो नगरेको बताए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई फकाउन लागिपरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतले अब पार्टी विभाजन भएको घोषणा हुन मात्र बाँकी रहेको बताएका छन्। पार्टी फुटाउनको लागि अहिले ओली र दाहाल–नेपाल समूहले विभिन्न गुटगत भेला गरिरहेको बताउँदै उनले आफू कसैका भेलामा सहभागि नहुने बताएका छन्।
सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला गरिदिएको छ। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मन्त्री बन्न रोक अलगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुँदैछ। गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएको विरुद्धमा परेको रिटमा सुनुवाई गर्न पूर्ण इजलाश गठन भएको छ। प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई सांसद र मन्त्री बनाउन नहुने भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।