२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डोजरले किचेर बालकको मृत्यु

जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

भीरबाट खसेर बालिकाको मृत्यु

बडिमालिका नगरपालिका–४ मा भीरबाट खसेर एक जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ४ की १५ वर्षीया पूजा चदारा छिन्। भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर पूजाको घटनास्थलमै मृत्यु भएको स्थानीय नरेन्द्र नाथले जानकारी दिए।

समर्थकको मृत्युले इन्डोनेसियाको लिग स्थगित

खेलदौरान भएको झडपमा एक समर्थकको मृत्यु भएको भन्दै इन्डोनेसिया फुटबल संघले त्यहाँको शीर्ष लिग तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

सर्पले डस्दा दिदी भाईसहित ३ को मृत्यु, एकको अवस्था गम्भीर

रुपन्देहीमा दुई दिनको अन्तरालमा सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। शनिबार राति एकै घरका दिदी भाई र गएराती एकै घरमा काका, भतिजीलाई सर्पले डसेको थियो। ४ मध्ये तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ।

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सामान्य विवादको क्रममा श्रीमान लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ।

मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते

सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपाली सहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्।

बसको ठक्करले दुईको मृत्यु

भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

ट्रिपरकाे ठक्करले बालकको मृत्यु

ट्रिपरले ठक्कर दिँदा सडकमा हिड्दै गरेका एक बालकको बुधबार राति ज्यान गएको छ। धरान–चतरा–गाइघाट–हेटौंडा बैकल्पिक लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा पर्ने कौवाइमा बालुवा बोकेको ना १ क ७९०७ नम्बरको ट्रिपरको ठक्करबाट पैदल हिँड्दै गरेका त्रियुगा नगरपालिका ७ का १२ वर्षीय रोशन कार्कीको मृत्यु भएको हो।

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्।

करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिबाङ बस्ने ३० वर्षीय मनकुमार शेर्पाको मृत्यु भएको हो।

रसुवाको टिमुरेमा पहिरो जाँदा २ को मृत्यु, ९ जना घाइते

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन्।

दुम्सी मार्ने क्रममा निसास्सिएका बालकको मृत्यु

खोटाङमा दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर घाइते भएका बालकको महिना दिनपछि मृत्यु भएको छ। गत साउन २६ गते ओढारमा धुवाँ लगाएर दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर बनेका खोटेहाङ गाउँपालिका–८ सिमपानीका ११ वर्षीय नवल तामाङको मृत्यु भएको हो।

कैलालीमा बस दुर्घटना, २ जनाको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा शुक्रवार अपरान्ह भएको यात्रुबाहक बस दुर्घटनामा २ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार सोही ठाउँका साइकल यात्री स्थानीय कृष्ण बादीका १२ वर्षका छोरा अनिल बादी र धनगढी उपमहानगरपालिकाका २५ वर्षका पतरुप तामाङको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्