८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते

बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ घाइते

गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा तीनको मृत्यु, चार जना घाइते

दैलेखको धरमपोखराबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका–१५ स्थित राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भने चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नमस्ते सुर्खेत यातायात प्रालिको ०२–००१ ज ०००७ नम्वरको जीप रातानाङ्ला–धरमपोखरा सडकखण्ड अन्र्तगत पर्ने राउटे गल्छी नजिकै सडकबाट चार सय मिटर तल खसेको थियो।

नेपालबाट फर्किएका स्पेनी नागरिकको कोरोना भाइरसका कारण मृत्यु

नेपाल भ्रमण गरेर स्पेन फर्किएका एक स्पेनी नागरिकको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीमेलले जनाएको छ।

अमेरिकामा आँधीमा परी ८ जनाको मृत्यु

अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्यो

चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघेको मंगलबार जनाइएको छ।

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पामा मंगलबार बिहान भएको टिपर दुर्घटनामा चालकको मृत्युु भएको छ। तानसेन तम्घास सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल-३ का ३२ वर्षिय मधु मर्पाङ मगरको घटनास्थलमै मृत्यु भएको हो।

कोरोना भाइरस संक्रमण ६४ देशमा, करिब तीन हजारको मृत्यु

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा देखिएको कोरोना भाइरसको संक्रमण आइतबार अपरान्ह्सम्म ६४ देशमा फैलिएको छ।

इरानमा कोरोनाबाट मर्नेको संख्या २१० पुग्यो

इरानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म कम्तीमा २१० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन्।

पहिरोमा पुरीएर एकको मृत्यु, चार जना घाइते

बिहीबार नवदुर्गा गाउँपालीकामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। भने चार जना घाइते भएका छन्। पहिरो खस्दा नवदुर्गा गाउँपालिका–२ स्थित बेडपानीमा अमरघाट झोलुङ्गे पुलको फाउण्डेसनमा काम गरि रहेका श्रमिकको मृत्यु भएको हो। करिब ३० मिटरमाथिबाट पहिरो खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

चर्चमा विस्फोट गराउने आठ जनालाई मृत्युदण्ड

इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले जनाएको छ।

हिउँमा चिप्लेर एक जनाको मृत्यु

सोरु गाउँपालीकाको गाड्खोलामा हिउँमा चिप्लीएर लड्दा एक जनाको मृत्यु भएको छ। सोरु गाउँपालिका–३ का ४२ वर्षीय चक्रबहादुर बुढाको आइतबार हिउँमा चिप्लेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्