४ मंसिर २०८१ मंगलबार
image/svg+xml

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो।

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन बन्द

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन ठप्प भएको छ।रसुवागढी नाका व्यवस्थापन समितिले पाँचबुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका हुन्।सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै समितिले सीमित व्यापारीले नाका अस्तव्यस्त बनाएको भन्दै आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

रसुवाका सिडियो भन्छन् : नाकामा सिन्डिकेट छैन

रसुवागढी नाकामा कुनै किसिमको सिन्डिकेट नलगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

सडक संरचना उच्च जोखिममा

मितेरीपुल (सिन्धुपाल्चोक) - विनाशकारी भूकम्पको चार वर्षपछि उत्तरी नाका तातोपानी अस्थायी रुपमा सञ्चालनमा आए पनि सडक संरचना अझै उच्च जोखिममा देखिएको छ। चार वर्षअघिको भूकम्प र लगत्तैको भोटेकोसी बाढीले क्षतबिक्षत बनेको चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीको २१ किलोमिटर सडक खण्ड उच्च जोखिममा देखिएको हो। भूकम्प र बाढीले भत्केको यो खण्डको ट्र्याक चीनले खोलिदिएको थियो।

सडक संरचना उच्च जोखिममा

विनाशकारी भूकम्पको चार वर्षपछि उत्तरी नाका तातोपानी अस्थायी रुपमा सञ्चालनमा आए पनि सडक संरचना अझै उच्च जोखिममा देखिएको छ।

नौ हजार तीर्थयात्री मानसरोवर गए

रसुवागढी नाका हुँदै नौ हजारभन्दा बढी तीर्थयात्री मानसरोवर गएका छन्। गत वर्षदेखि रसुवागढी नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो। गत वर्ष सात हजार दुई सय ४७ र यो वर्षको जेठ २० सम्ममा एक हजार सात सय ८३ गरी नौ हजार ३० तीर्थयात्री मानसरोवर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ। जसमा ९० प्रतिशत भारतीय तीर्थयात्री गएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ।

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल विहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

मितेरी पुल पुनर्निर्माण जेठभित्र सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन मितेरी पुलको पुनर्निर्माण यही जेठ महिनाभित्र सकिने भएको छ। गत कात्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो।

अमेरिकी नाकाबन्दी र इरानी तेल

इरानविरुद्ध अमेरिकी नाकाबन्दी कसिलो बन्दै गएस“गै विश्व तेल बजारमा कस्तो प्रभाव पर्ने हो, अहिल्यै अनुमान गर्न गाह्रो छ। तत्काललाई भने भारत, जापान, दक्षिण कोरिया र टर्कीले इरानी तेल खरिद बन्द गर्ने प्रस्ट देखिएको छ। चीन र यी देशस“ग तेल व्यापार नै इरानको विदेशी मुद्राको मूल स्रोत बनेको छ। अहिलेको परिस्थितिमा भारत, जापान, दक्षिण कोरिया र टर्कीले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध थोपरेको नाकाबन्दी उल्लंघन गरिहाल्ने देखिँदैन। अमेरिकालाई चिढाउने पक्षमा आफूहरू नभएको उनीहरूले प्रस्ट पारिसकेका छन्। यसअघि अमेरिकाले इरानस“ग तेल व्यापारका लागि कुनै छुट नदिने घोषणा गरेको थियो। भारत सरकारले सस्तोमा खरिद गर्दै आएको इरानी तेलबारे चुनावपछि पुनर्विचार गर्ने बताएको थियो। उसले इरानबाट केही परिमाणमा भए पनि तेल खरिद गर्ने संकेत गर्न भने छाडेको छैन। तर भारतले थोरै परिमाणमा गर्ने तेल खरिदले इरानको आर्थिक समस्या समाधान गर्न सक्दैन।

मुल भन्सार नाकाबाटै तस्करी

सीमा सुरक्षामा खटेका दुई देशका सुरक्षाकर्मीलाई छलेर वा प्रभावमा पारेर हुने तस्करीको बिगबिगी त आफ्नो ठाउँमा छदैछ, मुल भन्सार नाकाबाट ट्रकमै तस्करी भइ मालसामान बाहिरिने घटना दोहोरिएको छ।

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो।

नाकाबन्दीका डिजाइनरलाई मोदीको मन्त्री ‘उपहार’

नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ। तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्