३ मंसिर २०८१ सोमबार
image/svg+xml

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खुल्यो

वर्षाको कारण दुई महिनादेखि अवरुद्ध रहेको मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

रसुवागढी नाका जोड्ने सडकमा प्रयोग गरिएको मेसिनको दलीय प्रचार

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक मर्मत सुरु भएसँगै यसले राजनीतिक रूप लिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा सुरु भएको मर्मतलाई दुई दलले आफ्नो नेतृत्वमा सुरु भएको भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि विषयले नयाँ मोड लिएको हो।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट

रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ। २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो।

भारतसँग जोडिएका सीमा बन्द गरेर आवतजावतलाई व्यवस्थित गरौं : भुसाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन्।

रसुवागढी नाकामा मंगलबारदेखि ‘क्यू नम्बर’ अनिवार्य

रसुवागढी नाकामा सवारी चापलाई व्यवस्थापन गर्न ‘क्यू नम्बर’ अनिवार्य गरिने भएको छ। नाकामा सञ्चालन भइरहेका ट्रक कन्टेनर व्यवसायीको सुरक्षा र अवसरको समानुपातिक वितरणका लागि केही समय पहिलेदेखि स्थायी क्यू नम्बर दिइँदै आएको छ।

तातोपानी नाकाकाे कारोबार सुधारतर्फ

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट यो वर्ष दसैं, तिहारलगायत चाडबाड लक्षित सामग्री पर्याप्त मात्रामा आयात नहुने देखिएको छ। नाकाबाट तयारी पोसाक (लत्ताकपडा) भित्रिन थाले पनि आयात व्यापार अझै उल्लेख्य बढ्न सकेको छैन। नाकाबाट हुने चिनियाँ सामग्रीको आयातमा क्रमिक सुधार आइरहे पनि त्यो पर्याप्त देखिँदैन।

आठ महिनामा २२ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँदै आठ महिनामा २२ हजार भन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार २०१९ जनवरीदेखि अगष्ट अन्तिमसम्ममा २२ हजार ८ सय ४९ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौँ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

एप्पल साइडर प्रहरी नियन्त्रणमा

सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका पत्तालेबाट प्रतिबन्धित अल्कोहलजन्य पेयपदार्थ नियन्त्रणमा लिइएको छ। सिसाजन्य र प्लाष्टिकजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी ल्याउँदै गरेको करिब दुई सय कार्टुन एप्पल साइडर नियन्त्रणमा लिएको हो।

चीन जोड्ने छरितो नाका खुलाउन टेन्डर तयारी

सरकारले दोलखाको लामाबगरबाट चीन जोड्ने लामाबगर नाका सडकको आउँदो हिउँद अघि टेन्डर खुलाउने तयारी थालेको छ। चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो भनिएको यो सडक एउटा प्याकेजमा लगानी गरेर निर्माण गर्न सरकारले टेन्डर खुलाउने तयारी थालेको हो।

रिचार्जकै भरमा तस्करी

दसैं नजिकिँदै गर्दा तस्करहरु पनि सलबलाइरहेका छन्। सुरक्षा निकायले दैनिक जसो सामानहरु बरामद गरिरहेको छ। कहिले थोरै त कहिले धेरै। खुला सिमा नाकाका कारण तस्कर र प्रहरीबीचको तालमेल नमिल्दा पनि सामान बरामद भइरहेको छ भने समय समयमा सुरक्षा निकायका प्रमुखहरु सरुवा हुँदा चेनेल व्रिगीएर पनि तस्करीका समान बरामद हुन्छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन्।

वीरगन्ज नाका ६ घन्टा अवरुद्ध

भारतीय सवारी साधनसँग नेपाली सुरक्षाकर्मीले विभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सीमावर्ती सहर रक्सौलमा विरोध प्रदर्शन भएको छ।

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्