डडेल्धुरामा उत्तराईन पर्व धुमधामसँग मनाइँदै
डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार पुसे पन्ध्र अर्थात उत्तराईन पर्व परम्परागत रुपमा धुमधामसँग मनाइँदै छ।
डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार पुसे पन्ध्र अर्थात उत्तराईन पर्व परम्परागत रुपमा धुमधामसँग मनाइँदै छ।
भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जय बहादुर धामीले बताए।
६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा सारिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो।
चिकित्सा क्षेत्रको सुधारका लागि लड्दै आएका प्राडा गोविन्द केसीले डडेल्धुरामा अनशन सुरु गरेका छन्। डा केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा १७ औं अनशन सुरु गरेका हुन्।
डेढ महिना देखी बन्द रहेको डडेल्धुरा अस्पतालका सेवा सुविधा आईतबार देखी सुचारु भएका छन्।
सुदूरपश्चिमकै ठूलो डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सकको समेत अभाव भएको छ। समायोजनले अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सक पनि छैनन्।
लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ। जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भाँसिदै गएपछि यातायातका साधन चल्ने अवस्था नभएको उग्रतारा यातायात प्रालिले जनाएको छ।
प्रतिबन्धित नेकपा विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य आलोक भनिने खेम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। कांग्रेस डडेल्धुराले आइतबार प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधिको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष ‘प्रचण्ड’को समेत पुत्ला दहन गरेको हो।
डडेल्धुरा अस्पताल पुगेका डा. गोविन्द केसीले स्वास्थ्य उपचारको स्थिति देख्दा चिन्ता व्यक्त गरेका छन्। बिहिबार बिहान करिब ११ बजे अस्पताल पुगेका डा. केसीले पुर्वप्रधानमन्त्रीको जिल्लामा स्वास्थ्य उपचार सेवा गुणस्तरीय हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।
विषादीको चर्चा चले यता डडेल्धुरा सदरमुकाममा स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेको छ। स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेसँगै बाहिरबाट आयातित तरकारीमा कमी आएको छ।
डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार बेरुजु देखिएको हो।
नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले महिला संघ डडेल्धुराकी महाधिवेशन प्रतिनिधि कमला विष्टलाई तीन वर्षका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ। शुक्रबार संघको केन्द्रीय कार्यसमितिले विष्टलाई निष्कासित गरेको जनाएको हो। केन्द्रीय अध्यक्ष उमा रेग्मीद्वारा जारी विज्ञप्तिमा बिष्टलाई अनुशासनको कारवाही गरिएको उल्लेख छ।
जोगबुढाका दुई वटा वडा कार्यालयमा राखिएका बम निस्क्रिय पारिएको छ। परशुराम नगरपालिका ९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा आइतबार बिहान फेला परेका आइडी बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो।
सुत्केरीको मृत्युपछि सेवा अवरुद्ध भएको डडेल्धुरा अस्पतालमा चिकित्सक उपचारमा फर्किएका छन्। सुत्केरी भएको १६ दिनपछि अमरगढी नगरपालिका ६ की २५ बर्षीया गीता ताम्राकारको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो। नागरिक समाजको अगुवाईमा बिहीबार बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि चिकित्सक सेवामा फर्किएका हुन्।