८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

विषादीको चर्चा चलेसँगै डडेल्धुरामा उत्पादित तरकारीको माग बढ्यो

जिल्ला सदरमुकाम बागबजारमा रहेको तरकारी पसल । तस्बिरः नागरिक

डडेल्धुरा– विषादीको चर्चा चले यता डडेल्धुरा सदरमुकाममा स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेको छ। स्थानीय स्तरमा उत्पादित तरकारीको माग बढेसँगै बाहिरबाट आयातित तरकारीमा कमी आएको छ। भने अर्काेतर्फ डडेल्धुराका तरकारी किसानले गत वर्ष भन्दा यो वर्ष तरकारीको मुल्य १० देखि २० रुपैयाँसम्म बढीमा बिक्रि गरिरहेका छन्।

केही समय यतादेखि डडेल्धुरामा स्थानीय स्तरमा उत्पादीत तरकारीको माग बढेको छ। भारतबाट आयातित तरकारीमा नेपाल सरकारले विषादीको परिक्षण गर्नुका साथै विषादीको चर्चा चलेपछि डडेल्धुरामा स्थानीय स्तरमा उत्पादित तरकारीको माग ह्वात्तै बढेको हो।

विषादीको हल्ला चलेसँगै भारतबाट आयात हुने तरकारीको माग घटेपछि डडेल्धुराका बजारमा भारतीयसहित अन्य मुलुकबाट भित्रिने तरकारीको आयातमासमेत कमि आएको छ। डडेल्धुराका बजारमा अहिले ८० प्रतिशत तरकारी स्थानीय स्तरमा उत्पादन भएको पाइन्छ। केही मात्रामा तरकारी बाहिरबाट समेत आयात भएको भए पनि यँहाका उपभोक्ताहरुको भने पहिलो रोजाई स्थानीय स्तरमै उत्पादित तरकारी रहने गरेको छ।

विषादीको हल्ला चलेपछि डडेल्धुराका उपभोक्ताहरुले आज भोलि तरकारी कहाँको उत्पादन हो? भनेर सोधेर मात्रै किन्ने गरेको तरकारी व्यापारी पदम सार्कीले बताए। डडेल्धुराका किसानले पनि तरकारी पर्याप्त मात्रमा फलाउँछन्। उनले भने, पोहर परार साल तरकारी किन्नु हुन्छ भनेर किसान बजारका पसल पसलमा पुगेर मुल्य घटाघटीमा बेच्थे। अहिले तराईका जिल्लाबाट आयातित हुने भारतीय तरकारी आउन छाडेपछि किसानका खेत बारीमै पुगी भने अनुसार मुल्य तिरेर हामीले खरिद गर्ने गरेका छौं। मौसम अनुसार पर्याप्त मात्रामा तरकारी उत्पादन हुने भए पनि गत विगतका बर्षमा सस्तो मुल्यमा किसानले तरकारी बेच्नु पर्ने थियो। अहिले भारतबाट तरकारी आयातमा कमी भए पनि तरकारीको माग अनुसार पुर्ती गर्न नै धौ धौ परेको व्यापारी सार्कीले बताए।

स्थानीय स्तरमा उत्पादीत तरकारीको माग बढेसँगै यहाका किसानले गत वर्ष भन्दा यो वर्ष तरकारीको मुल्य पनि राम्रो पाएका छन्। बन्दा, काउली, टमाटर, सिमि, मुलालगायतका तरकारीमा गत वर्ष भन्दा यो वर्ष प्रति किलोग्राममा १० देखि २० रुपैयाँ बढी मुल्य पाएको तरकारी किसान सरस्वती बोहराले बताइन्।

डडेलल्धुराको स्थानीय स्तरमै उत्पादित तरकारीको माग बढेपछि  व्यापारीहरु किसानको खेतबारीमै तरकारी किन्नका लागि पुग्न थालेका छन्। भारतलगायत अन्य तेस्रो मुलुकबाट आयात हुने तरकारीलाई पुर्ण रुपमा विस्थापित गर्नका लागि तीन वटै सरकारले स्थानीय स्तरमा उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्नु जरुरी रहेको किसानको भनाई छ।

प्रकाशित: ५ भाद्र २०७६ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App