सिडियोले धम्कि दिएको भन्दै सबै चिकित्सक बिदामा
सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्।
सुरक्षा दिनुको साटो प्रमुख जिल्ला अधिकारी (सिडियो)ले उल्टै धम्कि दिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जति सबै बिदामा बसेका छन्।
नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा -याली निकाली समीक्षा गर्दै समापन भएको हो।
डडेल्धुराको साहुखर्कमा यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस बुधबार बिहान डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो।
डडेल्धुरा सदरमुकाम क्षेत्रमा फेरी हिमपात भएको छ। बुधबार हिउँ परेपछि यस वर्ष मात्रै सदरमुकाम क्षेत्रमा दोस्रो पठक हिमपात भएको हो। जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए।
शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ। शैक्षिक गुणस्तर बृद्धी गर्न नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ।
डडेल्धुरामा चट्याङ लागेर मंगलबार १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।
केहीदिनयता आक्कल–झुक्कल आँखा फट्फटाउछ । यसरी फट्फटाउने परेलाले केही भनेजस्तो आभास दिन्छ । बोल्नसक्ने अझै भएकी छैनन् । समग्रमा आएको सुधारले बुवा तेजबहादुर धामीमा केही निमेष उनी ‘बाँच्नसक्ने आशा’ पलाएको छ । तर, ‘रित्तिएको खल्ती’ले भने निराशा थप्दै लगेको छ । यो अवस्था मंसिर ६ गते भएको डडेल्धुरा बस दुर्घटनाकी घाईते १३ वर्षिया बालिका राधिका धामीको हो ।
डडेल्धुराको सदरमुकाम बागबजारस्थित लक्ष्मी किराना पसलमा शुक्रबार राति आगलागी हुँदा २० लाखमाथि क्षति भएको छ।
कक्षा एघारमा पढ्ने १७ वषीय डरम्बरी सार्की गाडीमा अगाडिको दुई नम्बर सिटमा बसेकी थिइन्।
डोटी सडक खण्डको डा. के आई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ११ रडुवा नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा परी २७ जना घाइते भएका छन।
डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
डडेल्धुरामा जिप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवा रहेकी छन्। जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ गइरहेको म१ज ३११ नम्बरको जिप बुधबार बेलुकी गन्यापधुरा गाउँपालिका–२ मैलोडामा दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएका छन्।
पछिल्लो समय स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ। करिब तीन साता पहिले अजयमेरु गाउँपालिकाको वडा नं.४ मा पहिलो पटक देखिएको स्क्रब टाइफस रोग वडा नं.१ र ५ सँगै नवदुर्गा गाउँपालिकामा पनि यो रोग देखा परेको छ।
डडेल्धुरा–भागेश्वर जोड्ने सडक खण्डको अमरगढी २ आइतबजार नकिकै ठूलाखोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ।