१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो, १० जनाको सनाखत

डडेल्धुरा–डोटी सडक खण्डको डा. के आई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ११ रडुवा नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा परी २७ जना घाइते भएका छन। 

मृतक १० जनाको शनाखत भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा डडेल्धुराको गन्याधुरा ३ का २२ बर्षी चक्त धामी, १८ बर्षीया माया रावल, नवदूर्गा गाउपालिका ३ का २० बर्षीय तिलक खाती, १७ बर्षीय टेक धामी, डोटीको दिपायलशिलगढी नगरपालिका ४ का शशी बिक, डोटीको शिखर नगरपालिका ११ का २५ बर्षीय गोपा भाट, शिखर नगरपालिका ८ का ४० बर्षीय योगेन्द्र रावल, कैलाश रावल,  १६ बर्षीय रोहित बलायर, कैलालीको गोदावरी नगरपालिका १० का २३ बर्षीय पुरन कठायत रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतक ८ जनाको शनाखत अझै हुन सकेको छैन।

घाईतेमध्ये उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १० को उपचार भई रहेको छ। १० जनाको कैलाली र ७ जनाको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। बस उग्रतारा मन्दिरको मेला देहिजाँत हेरेर डोटी फर्किने क्रममा बिहिबार बेलुकी ५ः४० बजेतिर दुर्घटनामा परेको थियो। 

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिला गरी १८ जनाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए। डोटीको शिखर नगरपालिकाको बानिडुग्रेशैनस्थित पिस जोन एकेडेमीको से १ क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले बताए।

प्रकाशित: ७ मंसिर २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App