१० आश्विन २०८१ बिहीबार
image/svg+xml

घुस लिने नासु ढकबहादुर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा नायबसुब्बा ढकबहादुर कार्कीलाई पक्राउ गरेको छ।

एलएमजी र एम १६ सहित बिप्लवका कार्यकर्ता पक्राउ

अत्याधुनिक हतियारसहित विप्लव माओवादीका एक कार्यकर्ता प्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित  पक्राउ परेको प्रहरीले जनाएको छ।

विप्लव माओवादीका नेता भुजेल पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्‍च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

होटलबाट ब्राउनसुगर बरामद

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा वीरेन्द्रनगर–१० स्थित चाईना गेट होटलको कोठा नम्बर १५ बाट दुई पुरिया ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।

बलात्कारको आरोपमा तीन पक्राउ

शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय रुपनीको टोलीले सप्तरीको रुपनी गाउँपालिका–१ का ३० वर्षीय देवेन्द्र यादवलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानीय एक ३० वर्षीय महिलालाई उनकै घरमा थुनेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पीडित महिलाले अभियुक्तको नाम किटानीलगायतको व्यहोरासहित आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दर्ता गराएका छन्।

हत्या आरोपमा चार पक्राउ

भक्तपुरमा आफ्नै गाडीभित्र अचेत भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। बा ५ च ६४८१ नम्बरको आफ्नै भ्यानभित्र अचेत भेटिएका सूर्यविनायक नगरपालिका–८, आर्दशका २६ वर्षीय निकेश भुजुको मृत्यु भएको हो।

संकटकालबारे प्रतिक्रिया दिएको भन्दै सम्पादक पक्राउ

सरकारले संकटकाल लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका सुडानको एउटा प्रसिद्ध पत्रिकाका सम्पादकलाई देशको सुरक्षा निकायले पक्राउ गरेको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएएफपीले उल्लेख गरेको छ।

अपाङ्गता भएकी युवतीकाे सामूहिक बलात्कार, २ पक्राउ

बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ। कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ।

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख घुस माग्ने पक्राउ

यशोधरा गाउपालिका–३ स्थित वसन्तपुर मावि व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुस रकमसहित शनिबार बिहान तौलिहवबाट पक्राउ परेका छन्।

बम विष्फोटमा संलग्न भएको आरोपमा ६ पक्राउ

ललितपुरको एनसेल कार्यालय अगाडि शुक्रबार राति भएको बम विष्फोट घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। राति ८ बजे भएको विष्फोटमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ।

अख्तियारद्वारा ७५ हजार घुससहित जेलर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुससहित एक जेलरलाई नियन्त्रणमा लिएको छ। कार्यालयकै चौकीदारसँग घुस लिएको अभियोगमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शुक्रवार मकवानपुरको भीमफेदी कारागार कार्यालयका जेलर शाखा अधिकृत मदन अधिकारीलाई उनको निवासबाट नियन्त्रणमा लिएको हो।

डेजाभूका तीन सञ्चालक प्रहरी नियन्त्रणमा

दरवारमार्गस्थित क्लब डेजाभूका तीन जना सञ्चालकहरु बिहीबार राती पक्राउ परेका छन्। केही समयदेखि फरार रहेका क्लबका सञ्चालकहरु प्रवीण श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शीलाकारलाई ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको हो। क्लबमै आबद्ध मनोज श्रेष्ठ भने अझै फरार रहेका छन्।

संरक्षण अभियन्ता प्रधानसँग प्रहरी सोधपुछ

छायाँ कम्प्लेक्सको विरोधमा उत्रिएका सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बुधबार दिउँसो टेलिफोन गरी प्रधानसहित नमस्ते सायमी, यादव कायस्थ र मनिष श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको हो।

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

बालिका बलात्कार गरी जलाउने पक्राउ

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरकी ११ वर्षीया दुतिया रसाइलीको बलात्कार तथा हत्या आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। उक्त घटनाका मुख्य योजनाकार रहेको आरोपमा प्रहरीले धनुषाकै बटेश्वर–४ का २२ वर्षीय निरन भन्ने निरज जर्घामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्