२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बेवारिसे शवको सकस

प्रहरी अभिलेखअनुसार आठ वर्षमा एक हजार ४४८ बेवारिसे शव फेला परेका छन्। सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यताअनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ ।

बागलुङमा बेवारिसे शव फेला

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले बताए।

डिएनए रिपोर्ट नआउँदा महिनौदेखि थन्कियो बेवारिसे शव

यही जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो। प्रहरीले त्यो शवलाई निकाले। त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो। हड्डी मात्र बाँकी थियो। शव नचिनिने अवस्थामा थियो। शवको लम्बाइ, चौडाइ,उचाइ र छातिको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ वर्षीय धनगिरीको शारीरिक बनावटसंग मिल्थ्यो।

कटारीमा बेवारिसे शव फेला

उदयपुरको कटारीमा एक बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका ३ स्थित वडा कार्यालय परिसर नजिकै अन्दाजी ६०/६५ वर्षीय पुरुष बेवारिसे अवस्थामा मंगलबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्