५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कटारीमा बेवारिसे शव फेला

उदयपुरको कटारीमा एक बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका ३ स्थित वडा कार्यालय परिसर नजिकै अन्दाजी ६०/६५ वर्षीय पुरुष बेवारिसे अवस्थामा मंगलबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

स्थानीयले बेवारिसे शव भेटिएको भन्दै प्रहरीलाई खवर गरेपछि टोली घट्नास्थल खटाउँदा वृद्ध व्यक्ति मृत अवस्थामा फेला परेको इप्रका कटारीका डिएसपी हेमन्त भण्डारीले बताए। घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि कटारी अस्पतालको जिम्मा लगाइएको छ। मृतक को हुन् भन्ने सनाखत भईनसकेको उनले बताए।  

स्थानीयका अनुसार केही दिनयता मागि खादै हिड्ने एक वृद्ध सडक मानव भएको बताइएको छ। तर, सनाखत हुन बाँकी भएकाले प्रहरीले सञ्चारमाध्याममार्फत आफन्तको खोजी गरिरहेको र सनाखत भएपछि पोष्टमार्टम गरी शव व्यवस्थापन गरिने डिएसपी भण्डारीले बताए।

प्रकाशित: १८ कार्तिक २०७७ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App