गाँजा ओसार्दै गर्दा चार जना पक्राउ
पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।
पर्सामा प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजा ओसार्दै गरेको अवस्थामा एउटा भारतीय नम्बरको कार र र नेपाली नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न चारजना सँगसँगै पक्राउसमेत परेका छन्।
पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ। भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकम सहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको हो।
मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन्।
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।
बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्।
इलाम नगरपालिका ३, मकैबारीबाट प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ। इलाम र पाँचथरबाट खटिएको प्रहरी टोलीले इलामकै सन्दकपुर गाउँपालिका–१ का ३५ वर्षे रामकुमार राई र त्यहींका २७ वर्षे मीनकुमार फागोलाई पक्राउ गरेको हो।
इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
भोजपुर सदरमुकामस्थित सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुस रकमसहित पक्राउ परेका छन्।
विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। बीरगंज महानगरपालिका ७ बस्ने ३१ वर्षीय आशिष कुमार वर्ण वाल र सोही महानगरपालिकाका १९ बस्ने २१ वर्षीय निरज तिवारी पक्राउ परेका हुन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम)का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो।